भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडकखण्ड फेरी अवरुद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडकखण्ड आज विहानैदेखि अवरुद्ध भएको छ । गएरातीदेखि परेको अविरल वर्षासँगै पहिरो खसेका कारण राजमार्ग अवरुद्ध भएको हो ।

सिदार्थ राजमार्गको डुम्रेस्थित गौडेपुल नजिकै वर्षासँगै निरन्तर ढुङ्गासहितको पहिरो खसेको तथा सोही राजमार्गको दोभान प्रहरीचौकी नजिकै पैठेडाँडामा लेदोसहितको पहिरोका कारण राजमार्ग पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी मदन गिरीले जानकारी दिनुभयो ।

डुम्रेमा सडकदेखि करिब २ सय मिटर माथिबाट ढुङ्गा खस्ने क्रम नरोकिएको र पानी परीरहेका कारण पहिरो पन्छाउन समस्या भएको उहाँले बताउनुभयो । यस्तै दोभानमा पानी परिरहेको र पहिरो झर्ने क्रम नरोकिएका कारण पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ ।

केही दिन अघि पनि सोही ठाउँमा पहिरो खसेका कारण तीन दिनसम्म राजमार्ग अवरुद्ध भएको थियो । राजमार्ग अवरुद्ध भएसँगै सो राजमार्ग हुँदै यात्रा गर्ने पाल्पासहित गुल्मी, स्याङ्जा, पोखरा तथा तराईका जिल्लाहरु रुपन्देही, कपिलवस्तु, नवलपरासी हुँदै राजधानी हिंडेका यात्रुहरु बिच सडकमै अलपत्र परेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल प्रेस युनियन उदयपुरको अध्यक्षमा विश्वराज तामाङ सर्वसम्मत
२०८३ भाद्र १२, शुक्रबार
रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी
२०८३ भाद्र १२, शुक्रबार
बाढीपीडितका नाममा अनधिकृत QR कोडबाट रकम नदिन सरकारको आग्रह
२०८३ भाद्र १२, शुक्रबार
राप्रपा नेता विक्रम पाण्डेद्वारा बाढीपीडितका लागि एक करोड सहयोग
२०८३ भाद्र १२, शुक्रबार
अमेरिकी–इरान तनावमा मध्यस्थता भइरहेको पाकिस्तानको दावी
२०८३ भाद्र १२, शुक्रबार
रेडक्रसमा भाँड भैलो : केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन,
२०८३ भाद्र १२, शुक्रबार
उद्धार र राहतमा सघाउन आग्रह
२०८३ भाद्र १२, शुक्रबार