भाद्र ११, २०८३ बिहिबार August 27, 2026

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १० लाख नाघ्यो, कोरोनाका कारण २५ हजार ६०९ जनाले ज्यान गुमाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १० लाख नाघेको छ । वल्डोमिटरका अनुसार शुक्रबार बिहानसम्म भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १० लाख पाँच हजार ६३७ पुगेको छ ।

यस्तै २५ हजार ६०९ जनाले भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । विश्वमा सबैभन्दा बढी सङ्क्रमित भएका देशमध्ये अमेरिका र ब्राजिलपछि भारत तेस्रो स्थानमा पुगेको छ ।

भारतमा दैनिक ३० हजारभन्दा बढी मानिसमा कोरोना सङ्क्रमणको पुष्टि हुने गरेको छ । सङक्रमितको सङ्ख्या बढेसँगै निको हुने दर पनि बढीरहेको छ । भारतमा कूल सङ्क्रमितमध्ये ६३ प्रतिशत बिरामी निको भएका छन् ।

भारतका स्वास्थ्य मन्त्री हर्सवर्दनले सङ्क्रमितमध्ये धेरैजसोमा सामान्य लक्षण भएको बताएका छन् । उनका अनुसार शून्य दशमलव ३२ प्रतिशत कोरोना सङ्क्रमितलाई भेण्टिलेटरमा राखिएको छ भने तीन प्रतिशतलाई अक्सिजनको आवश्यकता रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हर्नामाडीको गुम्बाडाँडा बन्यो मूर्तिकलाको खुला सङ्ग्रहालय
२०८३ भाद्र ११, बिहिबार
भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि आइएफआरसीले १९ करोड सहयोग गर्ने
२०८३ भाद्र ११, बिहिबार
गाजामा युद्धविराम कमजोर, वेस्ट ब्याङ्कको अवस्था बिग्रदै गएको राष्ट्रसङ्घको चेतावनी
२०८३ भाद्र ११, बिहिबार
मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित
२०८३ भाद्र ११, बिहिबार
एकजुट भई विपत्तिको सामना गरौँः उपराष्ट्रपति यादव
२०८३ भाद्र ११, बिहिबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन (सूची सहित)
२०८३ भाद्र ११, बिहिबार
प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले
२०८३ भाद्र ११, बिहिबार