असार २५, २०८२ बुधबार July 9, 2025

जाजरकोट भूकम्पको एक वर्ष : अझै भएन पुनर्निर्माण

भूकम्प प्रभावितहरुले अहिलेसम्म रकम नपाएको र पुनर्निर्माणको काम हुन सकेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सल्यान, कात्तिक १७ गते । भूकम्प  गएको एक वर्ष बितिसक्दा पनि सल्यानका भूकम्प पीडितले पहिलो किस्ताको रकम पाउन सकेका छैनन् । गत वर्ष कात्तिक १७ गते आजकै दिन जाजरकोट केन्द्रबिन्दु भएर आएको भूकम्पले सल्यानको दार्मा गाउँपालिकाका ४ हजार ८१ घरमा क्षति गरेको थियो ।

मानविय रुपमा क्षति नभएपनि भूकम्पका कारण भौतिक रुपमा ठुलो क्षति पुर्‍याएको थियो । चार हजार ८१ भूकम्पपीडित मध्य अहिलेसम्म २३ सय ८८ जनाले मात्र पहिलो किस्ता बापतको रकम पाएका छन् । अझै १६ सय ९३ परिवारले पहिलो किस्ता बापतको रकम पाएका छैनन् । भूकम्प प्रभावितहरुले अहिलेसम्म रकम नपाएको र पुनर्निर्माणको काम नभएको बताएका छन् । दार्मा गाउँपालिका ३ का मोहन केसीले भूकम्प आएको एक वर्षसम्म पनि प्रभावितका लागि काम नभएको गुनासो गर्नुभयो । उहाँका अनुसार अहिले पनि भूकम्पपीडित चर्किएका घर र टहरामा बस्न बाध्य छन् ।

भूकम्पले दुई घर भत्काएपछि दार्मा गाउँपालिका ५ का धनि केसीले अस्थायी आवासमा बस्दै आउनुभएको छ । उहाँले भन्नुभयो, ‘‘सरकारले रकम उपलब्ध गराएपछि राम्रो घर बनाउने आशा मात्रै भयो । अहिलेसम्म रकम प्राप्त भएको छैन ।’’

अस्थायी आवासमा बस्दै आएका भूकम्प प्रभावित पुनर्निर्माणका लागि सरकार पर्खिरहेका छन् । उनिहरुले आफ्नै आम्दानीबाट घर बनाउन नसक्ने बताएका छन् । दार्मा गाउँपालिका-२ टेक बहादुर केसीले दुई वर्ष पहिले ऋण लिएर घर बनाएको घर भूकम्पले भत्काएपछि अहिले अस्थायी आवासमा बस्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सरकारको सहयोग बिना घर बनाउने त सपना मात्रै हुन्छ । सरकारले सहयोग गर्ने आशा गरेका छौँ ।’’

गत वर्ष बिते पनि पहिलो किस्ताका लागि दार्मा गाउँपालिकामा अहिलेसम्म पाँच करोड ९७ लाख मात्र आएको हो । रकम अभावका कारण सबैलाई पहिलो किस्ता बापतको रकम दिन नसकेको गाउँपालिकाले जनाएको छ । दार्मा गाउँपालिका-२ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम ओली स्थानीय तहले खोज उद्धार र राहतका काम गरे पनि पुनर्निर्माण गर्न स्थानीय सरकारले नसक्ने भएको संघ र प्रदेशले छिटो काम गर्नुपर्ने बताउनुभयो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खेलाडीहरूले खेलेरै बाँच्न सक्ने स्थिति बनेको छ : प्रधानमन्त्री
२०८२ असार २५, बुधबार
कांग्रेस लुम्बिनीका महामन्त्री खनाल पार्टीबाट निष्काशित
२०८२ असार २५, बुधबार
सप्तकोशी नदी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन स्थानीय प्रशासनको आग्रह
२०८२ असार २५, बुधबार
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त
२०८२ असार २५, बुधबार
वाइसिएलले दुईमहिने श्रम तथा उत्पादन अभियान चलाउने
२०८२ असार २५, बुधबार
गुणस्तरीय शिक्षाका लागि सामूहिक प्रयत्न जरुरी छ : उपप्रधानमन्त्री सिंह
२०८२ असार २५, बुधबार
कारागारमा मौसमी रुघा र ज्वरोको समस्या
२०८२ असार २५, बुधबार