वैशाख २९, २०८१ शनिबार May 11, 2024

पूर्वराष्ट्रियसभा सदस्य गुरुङको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं:  पूर्वराष्ट्रियसभा सदस्य एवम् नेपाली काँग्रेसका नेता मेजर दीपक गुरुङको ८४ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।

कास्की जिल्लाको मादी गाउँपालिका–२ ताङतिङ स्थायी बसोबास भएका गुरुङको काठमाण्डौस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँका भतिजा एवं मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (स्याम) ले जानकारी दिनुभयो ।

मधुमेह, उच्च रक्तचापलगायत स्वास्थ्य समस्या भएपछि उहाँ उपचारत हुनुहुन्थ्यो । भूतपूर्व सैनिक सङ्घका संस्थापक अध्यक्षसमेत रहनुभएका उहाँका श्रीमती, दुई छोरा र चार छोरी हुनुहुन्छ ।

स्वर्गीय गुरुङको पार्थिक शरीरलाई आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया