मंग्सिर २४, २०८२ बुधबार December 10, 2025

पाकिस्तानमा आठ महिनादेखि तलब नपाएका शिक्षक आन्दोलनमा

शिक्षकहरुले तलब नपाए पछि धेरै विद्यालय बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

खैबर पख्तुनख्वा (पाकिस्तान), कात्तिक २० गते । खैबर पख्तुनख्वा प्रान्तको सरकारले यस क्षेत्रका विद्यालयका शिक्षकहरूलाई आठ महिनादेखि तलब दिन नसक्दा विद्यार्थीहरूको भविष्यलाई असर पुग्नुका साथै शिक्षकहरु आन्दोलित भएको द डन पत्रिकाले रिपोर्ट गरेको छ ।

द डनले रिपोर्ट गरेअनुसार, श्रमिकका लागि न्यूनतम ज्यालासमेत दिन नसकेकाले विद्यालयहरूले प्राथमिक तथा माध्यमिक शिक्षा फाउन्डेसनअन्तर्गत काम गरिरहेका छन् ।

विद्यालय शिक्षकको तलबको लागि दुई अर्ब रुपियाँ आवश्यक रहेको जनाउदै फाउन्डेसनका लागि रकम जारी गर्न सरकार असमर्थ रहेको एण्ड एसइएफका एक वरिष्ठ अधिकारीले बताउनुभएको छ ।

एकजना शिक्षकले मार्चदेखि तलब नदिएकोमा दुःख व्यक्त गर्दै आफुसँग आयको अन्य कुनै स्रोत नभएकाले आधारभूत आवश्यकता पूरा गर्न आफन्तहरूबाट ऋण लिइरहेका बताउनुभएको छ ।

शिक्षकहरुले तलब नपाए पछि धेरै विद्यालय बन्द भएका छन् भने अझै पनि सरकारले उनीहरूलाई तुरुन्तै तलबको व्यवस्था गर्न नसकेमा थप विद्यालयहरू बन्द हुने सम्भावना रहेको जनाइएको छ । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेमा नेतृत्व हस्तान्तर र रुपान्तरण अपरिहार्य – गोकर्ण विष्ट
२०८२ मंग्सिर २४, बुधबार
भगवतीमाई गाउँपालिकाका तीन वडामा खानेपानी सुविधा
२०८२ मंग्सिर २४, बुधबार
‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न
२०८२ मंग्सिर २४, बुधबार
नेप्से ७.८६ अंकले ओरालो, कारोबार रकम पनि हल्का घट्यो
२०८२ मंग्सिर २४, बुधबार
एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने
२०८२ मंग्सिर २४, बुधबार
बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सयभन्दा बढीको मृत्यु
२०८२ मंग्सिर २४, बुधबार
‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ
२०८२ मंग्सिर २४, बुधबार