असार २६, २०८२ बिहिबार July 10, 2025

त्रिभुवन विश्वविद्यालयले बुधबार शोक बिदा गर्ने

त्रिविका सम्पूर्ण निकायहरू बन्द हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालयले शोक बिदा गर्ने निर्णय गरेको छ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्वअध्यक्ष चैतन्य शर्माको निधनमा विश्वविद्यालय बुधबार शोक बिदा गर्ने निर्णय गरेको हो ।

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को २०७२ चैत ४ गते बसेको बैठकको निर्णय नम्बर ४०३ ले त्रिविका पदाधिकारी (पूर्वपदाधिकारी समेत)को निधनमा शोक बिदा दिने निर्णय भए बमोजिम बुधारबार शोक विदा दिने निर्णय गरेको जनाएको छ ।

शर्माको कात्तिक १६ गते भएको निधनमा शोक व्यक्त गर्दै कार्तिक २१ गते बुधाबार एक दिन त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय लगायत त्रिविका सम्पूर्ण निकायहरू बन्द हुने जनाएको छ ।

उच्च माध्यमिक विद्यालय शिक्षा परिषद्का पूर्वउपाध्यक्ष, नेपाल प्रगतिशील प्राध्यापक संगठनका संस्थापक महासचिव, मदनभण्डारी मेमोरियल कलेजका पूर्वक्याम्पस प्रमुख समेत रहेका ७३ वर्षीय शर्माको ओम हस्पिटल चाबहिलमा उपचारका क्रममा निधन भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा
२०८२ असार २६, बिहिबार
प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी तीनदिन देखी सम्पर्कविहीन
२०८२ असार २६, बिहिबार
संघीय संसदका ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८२ असार २६, बिहिबार
एक लाख राशिको खुला पुरुष भलिबल प्रतियोगिता सुरु
२०८२ असार २६, बिहिबार
आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
२०८२ असार २६, बिहिबार
आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८२ असार २६, बिहिबार
आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना
२०८२ असार २६, बिहिबार