असार २४, २०८२ मंगलबार July 8, 2025

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज १५ अन्तर्राष्ट्रिय उडान : १ हजार २४९ नेपाली स्वदेश फर्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज १५ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडान मार्फत विभिन्न मुलुकमा अलपत्र परेका १ हजार २४९ नेपाली स्वदेश फर्किएका हुन् ।

कोभिड-१९ महामारीका कारण विभिन्न देशमा अलपत्र परेका नेपालीको उद्धारका लागि नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका एयरलाइन्सले नेपालीको उद्धारका लागि चार्टर्ड उडान गरिरहेका छन् ।

आज नेपाल एयरलाइन्सले दोहाबाट १६८ र दमामबाट १४६ यात्रु काठमाडौँ ल्याएको छ । हिमालय एयरलाइन्सले दमामबाट दुई उडान गरी क्रमशः १५४ र १४९ नेपाली स्वदेश फर्काएको छ ।

त्यस्तै जजीरा एयरले कुवेतबाट दुई उडानमा क्रमशः १५६ र १५३ नेपाली काठमाडौँ ल्याएको छ भने एयर अरेबियाले सारजहाबाट १६७ यात्रु नेपाल ल्याएको छ । कतार एयरवेजले दोहाबाट दुई नेपाली काठमाडौँ ल्याएको छ । थप नेपाली ल्याउन नेपाल एयरलाइन्स रियाद, बहराइन र दोहा उडेको छ । हिमालय एयरलाइन्स पनि बहराइन र दोहा उडेको विमानस्थल कार्यालयले जनाएको छ ।

शनिबार पनि विभिन्न एयरलाइन्सका ११ चार्टर्ड उडान हुने विमानस्थलले तालिका सार्वजनिक गरेको छ । आज आन्तरिकतर्फ पनि विभिन्न एयरलाइन्सका नौ चार्टर्ड उडान भएका छन् । यती एयरलाइन्स, तारा एयर, समिट एयर, सीता एयर, सिम्रिक एयर, मनाङ एयर, श्री एयर र कैलाश हेलिकोप्टरले विभिन्न गन्तब्यमा चार्टर्ड उडान गरेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार