कार्तिक २२, २०८३ आइतबार November 8, 2026

नेपाल विश्वविद्यालय विद्यार्थीको आकर्षणको केन्द्र बन्न सकोस् : उपप्रधानमन्त्री पौडेल

विश्वविद्यालय स्थापनाका लागि चालेका कदम, निरन्तरता र अथक प्रयासले सार्थकता पाओस् भन्ने कामना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल विश्वविद्यालय संसारभरका विद्यार्थीको आकर्षणको केन्द्र बन्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपाल विश्वविद्यालयको आज ललितपुरमा भएको विश्वविद्यालय उद्घोषणा सभा कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै उहाँले यो विश्वविद्यालय नेपाली विद्यार्थीका लागि मात्रै नभएर संसारका विद्यार्थीहरूका लागि आकर्षणको केन्द्र बन्न सक्नुपर्ने बताउनुभयो ।

“यो विश्वविद्यालयले नयाँ मान्यताका साथ अगाडि बढ्दै त्यहीअनुसारका दक्ष जनशक्ति निर्माण गर्न सक्नुपर्नेछ, सुरुदेखि नै उत्कृष्ट हुन सकोस्, पछि गरौँला भन्ने छुट यसलाई छैन, सरकारको साथ लिने हो, तर विश्वविद्यालयले आफ्नै पौरख र सामर्थ्यमा अगाडि बढ्ने हो”, उपप्रधानमन्त्री पौडेलले भन्नुभयो ।

सरकार अभिछिन्न रुपमा विश्वविद्यालयको साथमा रहनेछ भन्नुहुँदै उहाँले यो विश्वविद्यालय विशिष्ट किसिमको योगदान दिने विश्वविद्यालयका रुपमा परिचित हुने विश्वास व्यक्त गर्नुभयो ।

“यसले वैधानिक हैसियत प्राप्त गरेपछि पनि धेरै कुरा उठेका छन्, मानवीय मूल्यमा आधारित भए मानवीय आवश्यकतालाई परिपूर्ति गर्ने विश्वविद्यालयका रुपमा विकास होस् भन्ने अपेक्षा छ, उद्देश्यअनुसार काम गर्न सकोस्”, उपप्रधानमन्त्री पौडेलले भन्नुभयो । विश्वविद्यालय स्थापनाका लागि चालेका कदम सहज नभएको बताउँदै उहाँले स्थापनाका लागि चालेका कदम, निरन्तरता र अथक प्रयासले सार्थकता पाओस् भन्ने कामना गर्नुभयो ।

“यात्रा सहज छैन, सबै चुनौतीहरूलाई पार गर्दै नयाँ उचाइ हासिल गर्न सकोस्, आगामी दिनमा सरकारकोतर्फबाट निरन्तर सहयोग हुन्छ”, उहाँले भन्नुभयो । उहाँले विश्वविद्यालयले सरकारको साथको मात्रै अपेक्षा गरेर परनिर्भर नहुन आग्रह गर्दै आफ्नै बलबुतामा विशिष्ट किसिमले स्थापित हुन अनुरोध गर्नुभयो ।

नेपाल विश्वविद्यालय विकास बोर्डको अन्तर्राष्ट्रिय परामर्श बोर्डका अध्यक्ष तथा ब्रिटिस कोलम्बिया विश्वविद्यालय क्यानडाका प्रोफेसर रोवर्ट उलर्डले नेपाल विश्वविद्यालयले दक्ष जनशक्ति पलायन हुने अवस्थालाई रोक्न सक्ने अवसर सिर्जना गर्न सक्नेछ भन्ने विश्वास व्यक्त गर्नुभयो । नेपालको विकास र समृद्धिका लागि विश्वविद्यालय स्थापना भएकामा आफू निकै खुसी भएको बताउनुभयो ।

संरचना र सञ्चालनका केही छुट्टै विशेषता भएको नेपाल विश्वविद्यालयले संरक्षक परिषद्बाट सञ्चालन हुने शासकीय स्वायत्तता कायम राख्दै, बहुविधागत लिवरल आर्ट्स एण्ड साइन्स’ अवधारणामा आधारित शैक्षिक कार्यक्रमलाई अघि बढाउने नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समितिका अध्यक्ष डा अर्जुन कार्कीले जानकारी गराउनुभयो ।

“यसले अन्य क्याम्पस तथा कलेजलाई सम्बन्धन दिने छैन । नेपाल विश्वविद्यालयले आफ्नै सङ्काय, आङ्गिक निकाय र पठनपाठनको गुणस्तरमाथि विशेष ध्यान दिनेछ । अन्तर्राष्ट्रिय सहकार्यमार्फत पठनपाठन र अनुसन्धानलाई प्रोत्साहित गर्दै, यसले वैश्विकस्तरको उत्कृष्टता नेपालमै उपलब्ध गराउने लक्ष्य राखेको छ”, उहाँले भन्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
होर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी
२०८३ कार्तिक २२, आइतबार
कुकुर तिहारजस्ता पर्वलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छः प्रथम महिला काफ्ले
२०८३ कार्तिक २२, आइतबार
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनज्योति माविलाई
२०८३ कार्तिक २२, आइतबार
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार