कार्तिक ११, २०८३ बुधबार October 28, 2026

नेपाली चलचित्र ‘अग्नीदहन’ को ट्रेलर सार्वजनिक

फिल्मको अन्तर्राष्ट्रिय बजार व्यवस्थापन कृश्मा सुबेदी (श्रीनुर) र वरुण कुमार आचार्यले गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, २३ काठमाण्डौं । आगामी मसिर ७ गते रिलिज हुने फिल्म ‘अग्नीदहन’ को ट्रेलर सार्वजनिक भएको छ ।

साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित रहेर तयार पारिएको फिल्म ‘अग्नीदहन’को ट्रेलर बिहीबार सार्वजनिक गरिएको हो ।

दुई मिनेट ३६ सेकेण्डको ट्रेलरमा नाँच्दै गरेकी एक महिला अचानक लडेर काम्न थालेपछि उनलाई बोक्सी लागेको भन्दै दिइएको अनेक मानसिक यातनालाई समेटिएको छ ।

समाजसेवीको भूमिका निभाएका पुरुष प्रकाश घिमिरेले ‘बोक्सी अन्धविश्वास हो’ भनिरहँदा समाजले धामीझाक्री लगाउन भन्दै उनलाई दिइएको अनेक यातनालाई ट्रेलरमा स्थान दिइएको छ । बोक्सीको आरोप लगाइएकी माइली दमिनी भनिएकी महिला प्रमिला तुलाचनले फिल्मकी कलाकार अनुपमा भण्डारीलाई ‘अञ्जली म तिमीलाई लिन आएको’ भन्दै बोलाउन थालेपछि अनुपमामा देखिएको त्रासलाई ट्रेलरमा देखाइएको छ । बोक्सीको आरोप लागेपछि महिला कतिसम्म विक्षिप्त हुन्छन् भन्ने कुरा ट्रेलरमा प्रस्तुत गरिएको छ ।

फिल्मका निर्देशक घनश्याम लामिछाने हुन् । मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी रुपमा अभियानको रुपमा अगाडि बढाउन फिल्म निर्माण गरिएको उनले बताए । फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, डा निर्मल लामिछाने, तारा बहादुर गुरुङको अभिनय छ ।

मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानले निर्माण गरेको फिल्ममा लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको सहायक निर्देशन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन छ । फिल्मको विशिष्ट संरक्षक भुवनेश्वर शर्मा पौडेल र मोहनराज पौडेल हुन । डिसिएन वितरक रहेको फिल्मको डिजिटल पार्टनर ओएसआर रहेको छ ।

फिल्मको अन्तर्राष्ट्रिय बजार व्यवस्थापन कृश्मा सुबेदी (श्रीनुर) र वरुण कुमार आचार्यले गर्ने भएका छन् । नेपालको निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले समेत हेरिसकेको यो फिल्मलाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ । ट्रेलर सार्वजनिक भएसँगै फिल्मले मोफसल प्रचारयात्रा पोखराबाट सुरु गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला, शान्ति र सुरक्षा एजेन्डालाई अगाडि बढाउन प्रयास गर्न राष्ट्रसङ्घ प्रमुखको आह्वान
२०८३ कार्तिक ११, बुधबार
स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
२०८३ कार्तिक ११, बुधबार
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
२०८३ कार्तिक ११, बुधबार
भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी
२०८३ कार्तिक ११, बुधबार
Birgunj customs revenue surpasses monthly target
२०८३ कार्तिक ११, बुधबार
शिक्षक सेवा आयोगद्वारा छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै
२०८३ कार्तिक ११, बुधबार
दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट
२०८३ कार्तिक ११, बुधबार