श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

नक्कली नोटसहित तीनजना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, काठमाडौं र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुक्त टोलीले नेपाली र भारतीय नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ ।

नेपाली १ हजार दरका १ हजार ४ सय ६५ थान, १ सय दरका ७ सय ४६ थान, नक्कली भारतीय नोट ५ सय दरका २ सय ८४ थान, ५० दरका ७ सय ६ थानसहित शनिबार दिउँसो करिब १ बजे उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकामा बाराको आदर्श कोतवाल गापा वडा नमबर–६ बस्ने वर्ष ३० का नरेन्द्रप्रसाद कुशवाहा, सिम्रौनगढ नगरपालिका वडा नम्बर–५ बस्ने वर्ष २६ का मनोजकुमार साह तेली र भारत बिहार मोतीहारी जिल्ला पुर्वी चम्पारण थाना झरौखर ग्राम कोरैया वडा नम्बर–१० बस्ने वर्ष २५ का सुधिरकुमार कुशवाहा रहेको जनाइएको छ ।

उनीहरुले लागुऔषध खरिद बिक्री र ओसारपसार कार्य गर्ने सुचनाका आधारमा खोजतलास गर्दै जाँदा जिल्ला बारा महागढीमाई नगरपालिका वडा नम्बर–२ स्थित बरियारपुर चोकमा नियन्त्रणमा लिइएको थियो । उनीहरुको शरीर तथा उनीहरुले बोकेको झोला खानतलासी गर्ने क्रममा नक्कली नोट फेला परेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया