असार २४, २०८२ मंगलबार July 8, 2025

प्राविधिक विषय पढाउँदै प्रदेश सरकार

ढाइ सकेर फर्किएपछि उनीहरूले कम्तीमा दुई वर्ष कर्णाली प्रदेशमा सेवा गर्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, २५ कात्तिक । बर्सेनि प्राविधिक कर्मचारीको अभाव झेलिरहेको कर्णाली प्रदेशले आफ्नै लगानीमा विद्यार्थीलाई प्राविधिक पढाउँदै छ। चिकित्सा, इन्जिनियरिङ, प्रविधि, भेटेरिनरी, कृषि, फार्मेसी र वन विषयमा गरी ६९ जनालाई कर्णाली प्रदेश सरकारले छात्रवृत्ति दिएर पढाइरहेको छ। पढाइ सकेर फर्किएपछि उनीहरूले कम्तीमा दुई वर्ष कर्णाली प्रदेशमा सेवा गर्नुपर्ने छ।

कर्णाली प्रदेश सरकारले १० जना चिकित्सक पढाउँदै छ। १० जना इन्जिनियर, १० जना प्रविधि. १० जना भेटेरिनरी, १० जना कृषि, नौ जना वन र आयुर्वेद, रेडियो, नर्सिङ, फार्मेसी गरी ६९ जनालाई पढाइरहेको छ । उनीहरू अहिले आआफ्ना विषयमा विभिन्न जिल्लामा अध्ययन गरिरहेका छन्। कर्णालीका १० जिल्लाबाट प्रतिजिल्ला कम्तीमा एक/एक जना पर्ने गरी विद्यार्थी छनोट गरिएको छ।

प्रदेश सरकारले शिक्षा विकास निर्देशनालयबाट उनीहरूको छात्रवृत्ति रकम प्रदान गर्दै आएको छ। कालीकोटका निहान शाही वीरगन्जको नेसनल मेडिकल कलेजमा, जाजरकोटका लक्सन शाही काठमाडौँ मेडिकल कलेजमा, जुम्लाका विनोद रोकाया नेपालगन्ज मेडिकल कलेजमा, डोल्पाका कमला विष्ट नेपालगन्ज मेडिकल कजेलमा र दैलेखका आदित्य गौतम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबिबिएस अध्ययन गरिरहनुभएको छ।

यसै गरी रुकुमपश्चिमका विशाल केसी मणिपाल कलेज पोखरामा, सल्यानका आकाश अधिकारी चितवन मेडिकल कलेजमा, सुर्खेतका राज पोखरेल काठमाडौँ विश्वविद्यालयमा र हुम्लाका भुवन बुढा काठमाडौँ मेडिकल कलेज र अङ्ग्मु लामा नेपालगन्ज मेडिकल कलेजमा एमबिबिएस अध्ययन गरिरहनुभएको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ। मुगुमा एमबिबिएस पढ्ने विद्यार्थी नभएपछि त्यो कोटा हुम्लामा गाभिएको हो। प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० देखि उनीहरूले एमबिबिएस अध्ययन गर्ने छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ। एबिबिएस अध्ययन गर्न प्रतिविद्यार्थी चार लाख रुपियाँका दरले छात्रवृत्ति प्रदान गर्दै आएको शिक्षा विकास निर्देशक दीपा हमालले बताउनुभयो। गत वर्ष र यस वर्षको गरी प्रतिविद्यार्थी आठ लाख रुपियाँ गइसकेको छ ।

यसै गरी इन्जिनियरिङ अध्ययन गर्ने १० विद्यार्थी छनोट गरी एक लाख रुपियाँसम्मको छात्रवृत्ति प्रदान गरिसकिएको छ। प्रविधि, भेटेरिनरी, कृषि, वन तथा अन्य विषय अध्ययन गर्ने विद्यार्थीलाई प्रतिवर्ष एक लाख रुपियाँसम्मको छात्रवृत्ति प्रदान गरिएको शिक्षा विकास निर्देशक हमालले जनाउनुभयो। प्रदेश सरकारले गत वर्षदेखि छात्रवृत्ति प्रदान गर्न लागेको हो। यस वर्षांसहित दोस्रो वर्ष छात्रवृत्ति प्रदान गरिएको छ। अध्ययन पूरा गर्ने बेलासम्म छात्रवृत्ति जारी राखिने उहाँले बताउनुभयो ।
निर्देशक हमालले चिकित्सक पढ्ने विद्यार्थीको रकममा ४० प्रतिशत प्रदेश सरकारले बेहोरेको जानकारी दिनुभयो। प्रदेश सरकारले छात्रवृत्ति दिएर पढाइरहेका विद्यार्थीको पढाइ के कस्तो छ भनेर रेकर्ड पनि राख्ने गरिएको छ। शिक्षा विकास निर्देशक हमालले प्रत्येक वर्ष अध्ययन गरिरहेका कलेजबाट उनीहरूको अध्ययन रिपोर्ट कार्ड माग्ने गरिएको बताउनुभयो ।

सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले छात्रवृत्ति प्रदान गरेका विद्यार्थी आफ्नो पढाइ सकेपछि कम्तीमा दुई वर्ष आफ्नै प्रदेशमा सेवा गर्नुपर्ने बताउनुभयो। उहाँले पढाइमा छात्रवृत्ति प्रदान गर्दा उनीहरूको अध्ययनमा पनि सहज हुने र पछि प्रदेशमा अभाव भएका स्थानमा खटाउन सकिने जनाउनुभयो। कर्णालीमा चिकित्सकको अभाव बढी हुने भएकाले प्रदेश सरकारले छात्रवृत्ति दिएर पढाएकाले कम्तीमा पनि दुई वर्ष आफ्नै प्रदेशमा सेवा गर्दा प्रदेशको लगानी सदुपयोग हुने पनि उहाँको भनाइ छ।ललित ब्रसेल/गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार