जेठ २२, २०८३ शुक्रबार June 5, 2026

श्रीमतीको हत्या अभियोगमा जन्म कैदको सजाँय भोगीरहेका पूर्वडिआइजी कोइराला श्रावण ८ गते रिहा हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आफ्नै श्रीमती हत्याको अभियोगमा जन्म कैदको सजाँय भोगीरहेका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाको सर्वोच्च अदालतले सजाँय घटाइदिएको छ।

कोइरालाले साँढे ८ वर्षअघि श्रीमती गीता ढकालको हत्या गरेका थिए । कोइरालाले हत्या गरिएकी श्रीमतीको शव प्लास्टिकमा पोको पारी मकवानपुरको टिष्टुङ जंगलमा लगेर पेट्रोल छर्की जलाएका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालाको जन्मकैद सजाँय घटाएको हो ।

हत्या हुनुमा मृतक ढकालकै दोष रहेको बताउँदै सर्वोच्चले कोइरालाको जन्मकैदको सजाय घटाएर ८ वर्ष ६ महिना बनाएको छ । श्रीमती ढकालले व्यापारका लागि पैसा मागेपछि चर्किएको विवादका कारण कोइरालालाई रिस उठेको र आवेगमा धकेल्दा मृत्यु भएको भन्दै सर्वोच्चले सजाँय घटाएको हो ।

श्रीमतीको हत्यापछि कोइराला २०६८ माघ ८ गते जेल परेका थिए । यस्तै, नयाँ फैसला अनुसार कोइराला यही साउन ८ गते रिहा हुने देखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
२०८३ जेठ २२, शुक्रबार
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
२०८३ जेठ २२, शुक्रबार
आठ विश्वविद्यालयका लागि उपकुलपतिको ‘सर्टलिस्ट’ सार्वजनिक
२०८३ जेठ २२, शुक्रबार
गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
२०८३ जेठ २२, शुक्रबार
भारतसँग नेपालको समृद्धिको एजेण्डालाई प्राथमिकताका साथ उठाएको छुः सभापति लामिछाने
२०८३ जेठ २२, शुक्रबार
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्लीमा
२०८३ जेठ २२, शुक्रबार
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ – मुख्यमन्त्री यादव
२०८३ जेठ २२, शुक्रबार