कार्तिक ११, २०८३ बुधबार October 28, 2026

बलिवुड फिल्म बाजिगरको सिक्वेल बन्ने

फिल्ममा शाहरुख खान फेरि एकपटक मुख्य भूमिकामा देखिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । बलिवुडका किङखान शाहरुख खानको सुपरहिट फिल्म बाजिगरको सिक्वेल बन्ने भएको छ ।

बाजीगरका निर्माता रतन जैनले ‘बाजीगर’को सिक्वेलका लागि आफूले शाहरुखसँग छलफलमा रहेको पुष्टि गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । हालसम्म निर्माताले कुनै स्क्रिप्ट अर्थात योजना प्रस्तुत नगरेको तर सिक्वेल बनाउने आइडियामा छलफल भइरहेको रिपोर्टमा उय्ल्लेख छ । यस फिल्ममा शाहरुख खान फेरि एकपटक मुख्य भूमिकामा देखिनेछन् ।

ओरिजिनल बाजीगर फिल्ममा अन्याय नहोस् र फ्यानले सिक्वेल पनि मन पराउनका लागि यो फिल्मको लागि राम्रो स्क्रिप्ट ल्याउने निर्माता जैनले बताएका छन् । रतन जैनले पटकथासँगै सिक्वेललाई पनि नयाँ दिशा चाहिने बताए ।

बाजीगरको सिक्वेलको बारेमा कुरा गर्दै निर्माता रतन जैनले भनेका छन्- बाजीगर २ को लागि हामीले शाहरुखसँग कुरा गरेका छौं । हामी अहिलेसम्म कुनै निष्कर्षमा पुगेका छैनौं, तर यो अवश्य बनाइनेछ । निर्माताको यो भनाइ सुनेर दर्शकले छक्क पर्नुहोला।’ बाजीगर सन् १९९३ मा रिलिज भएको थियो । फिल्मलाई अब्बास–मस्तानले निर्देशन गरेका थिए ।

रिपोर्टहरू विश्वास गर्ने हो भने, यो फिल्म सबैभन्दा पहिले अनिल कपूरलाई अफर गरिएको थियो । यद्यपि, अनिल कपुरले मिति र समय तालिकाको कारणले यसलाई अस्वीकार गरे, त्यो समयमा अनिल कपुर रूप रानी चोरोंका राजा गर्दै थिए । त्यसपछि यो फिल्म सलमान खानलाई अफर भयो तर उनका बुबा सलीम खानलाई स्क्रिप्ट मन परेन र अन्ततः यो फिल्म शाहरुख खानलाई अफर गरिएको थियो ।न्युजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला, शान्ति र सुरक्षा एजेन्डालाई अगाडि बढाउन प्रयास गर्न राष्ट्रसङ्घ प्रमुखको आह्वान
२०८३ कार्तिक ११, बुधबार
स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
२०८३ कार्तिक ११, बुधबार
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
२०८३ कार्तिक ११, बुधबार
भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी
२०८३ कार्तिक ११, बुधबार
Birgunj customs revenue surpasses monthly target
२०८३ कार्तिक ११, बुधबार
शिक्षक सेवा आयोगद्वारा छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै
२०८३ कार्तिक ११, बुधबार
दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट
२०८३ कार्तिक ११, बुधबार