कार्तिक ११, २०८३ बुधबार October 28, 2026

चलचित्र ‘ह्रस्व दीर्घ’को दोस्रो गीत ‘भगवान नै आमा हुन्’ सार्वजनिक (भिडियो हेर्नुहोस्)

सार्वजनिक गीतको भिडियोमा अभिनेत्री विपना थापा आमाको भूमिकामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः चलचित्र ‘ह्रस्व दीर्घ’को दोस्रो गीत सार्वजनिक भएको छ । मंगलबार रिलिज भएको ‘भगवान नै आमा हुन्’ बोलको गीत सार्वजनिक भएको हो । उक्त गीतमा आमाको महिमा वर्णन गरिएको छ ।

सत्यराज आचार्यको स्वर रहेको गीतमा बाबुल गिरीको शब्द रचना र संगीत रहेको छ । गीतमा सन्तानका लागि आमाले गर्ने संघर्ष, त्याग र समर्पणको भाव प्रस्तुत गरिएको छ ।

सार्वजनिक गीतको भिडियोमा अभिनेत्री विपना थापा आमाको भूमिकामा देखिएकी छन् । नीता फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा कार्यकारी निर्माता धनन्जय गलानी छन् ।

चलचित्रमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आदर्श मिश्र, बुद्धि तामाङ र किरण केसीलगायत कलाकारको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
२०८३ कार्तिक ११, बुधबार
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
२०८३ कार्तिक ११, बुधबार
भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी
२०८३ कार्तिक ११, बुधबार
Birgunj customs revenue surpasses monthly target
२०८३ कार्तिक ११, बुधबार
शिक्षक सेवा आयोगद्वारा छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै
२०८३ कार्तिक ११, बुधबार
दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट
२०८३ कार्तिक ११, बुधबार
जातीय विभेदका उजुरीलाई प्राथमिकता दिन मन्त्री बादीको प्रहरी महानिरीक्षक कार्कीसँग छलफल
२०८३ कार्तिक ११, बुधबार