वैशाख २९, २०८१ शनिबार May 11, 2024

प्रदेश प्रहरी सेवा विधेयक सर्वसम्मतिले पारित, प्रदेश प्रहरी भर्ना गर्ने बाटो खुल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः वाग्मती प्रदेश सभाको बैठकले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

आइतबार बसेको प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री जमरकट्टेलले विधेयक पारित गरियोस् भनी प्रस्तुत गर्नुभएकाे प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । बैठकले प्रदेश सरकार मातहतको प्रहरी भर्ना गर्ने बाटो खुलेको आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलले बताउनुभयो ।

बैठकमा प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलले प्रदेशभित्र सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा समितिले गरेको निर्णयको प्रतिवेदन समेत प्रस्तुत गर्नुभएको थियो ।

प्रहरी विधेयक पारित गरिएपछि कानुन मन्त्री जमरकट्टेलले कुराकानी गर्दै प्रदेश सरकारले प्रदेशमा प्रहरी ऐनमा उल्लेख भएको काम, कर्तव्य, अधिकार र प्रहरीको पदस्थापनको साथै सरुवा र बढुवालगायत अधिकार प्रत्यायोजित गर्ने सन्दर्भमा मार्ग सहज भएकोमा खुसी व्यक्त गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया