जेठ २२, २०८३ शुक्रबार June 5, 2026

भारतीयले उखेलेको ठोरिको सीमास्तम्भ साविककै डोबमा पुनः गाडियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नेपाल-भारतको सीमामा रहेको ४३६ नम्बरको सीमा स्तम्भ पुनः गाडिएको छ । पर्साको ठोरीस्थित सीता गुफाको माथि रहेको सीमास्तम्भ शनिबार साँझ ५ बजे तिर उखेलेर फालेको अवस्वामा फेला परेको थियो । सो सीमा स्तम्भ साविककै डोबमा शनिबार राती ९ बजे पुनः गाडिएको हो ।

शनिबार दिन भरी दुरुस्त रहेको सीमा स्तम्भ साँझ ५ बजे तिर उखेलेर फालेको अवस्थामा फेला परेको ठोरीमा रहेको शसस्त्र प्रहरीको सीमा सुरक्षा बल बोर्डर आउट पोष्टका ठारीका प्रहरी निरिक्षक दिपक दहालले बताए । ‘नेपाल- भारत दुवै देशका सीमा सुरक्षा अधिकारी र ठोरी गाउँपालिकाका अध्यक्ष पीएल श्रेष्ठसहितको उपस्थितिमा राती ९ बजे साविकै ठाउँमा सीमा स्तम्भ गाडिएको हो’, उनले भने ।

पहिले गाडिएकै स्थानमा पुनः गाड्ने दुवै तर्फका सुरक्षा अधिकारी र ठोरी गाउँपालिकाका अध्यक्ष पीएल श्रेष्ठसहितको सहमति भएपछि राती ९ बजे ४३६ नम्बरको जंगे पिलर पुनः गाडियो । भारत तर्फबाट एसएसबीका सेकेन्ड इन कमाण्डेड सहितको टोली आएको थियो ।

नेपाल तर्फबाट नेपाल प्रहरी र शसस्त्र प्रहरी ठोरी गाउँपालिकाका अध्यक्ष पीएल श्रेष्ठसहितको सम्युक्त टोलीले पहिलेकै डोबमा गाड्ने सहमति गरिएपछि समस्याको समाधान गरिएयो ।

दुवै देशको माथिल्लो निकायबाट पनि घटनास्थलको अवस्था हेरी विवाद नबढाउन आएको निर्देशनलाई सहज ढंगबाट आपसी सहमतिमा किनारा लगाइयो । ३५ नम्बर लेखिएको यो पिलर पछिल्लो समयमा सीमा स्तम्भ अध्यावधिक गर्दै जाँदा ४३६ नम्बर भएको सशस्त्रका प्रहरी निरिक्षक दहालको भनाइ छ ।

सीमा स्तम्भलाई जो कोहीले सजिलै उखेल्न फाल्न नसकोस् भनी साविककोभन्दा अलि गहिरो गरि गाड्ने प्रयास भयो । तर ठोरीमा रहेको सीता गुफा रहेको पहरोको ढुंगामाथि नै डोब खन्नु पर्ने हुँदा गहिरो डोब नभएर साविककै जतिमात्र सीमास्तम्भ गाडिएको सहभागीहरुले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
२०८३ जेठ २२, शुक्रबार
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
२०८३ जेठ २२, शुक्रबार
आठ विश्वविद्यालयका लागि उपकुलपतिको ‘सर्टलिस्ट’ सार्वजनिक
२०८३ जेठ २२, शुक्रबार
गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
२०८३ जेठ २२, शुक्रबार
भारतसँग नेपालको समृद्धिको एजेण्डालाई प्राथमिकताका साथ उठाएको छुः सभापति लामिछाने
२०८३ जेठ २२, शुक्रबार
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्लीमा
२०८३ जेठ २२, शुक्रबार
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ – मुख्यमन्त्री यादव
२०८३ जेठ २२, शुक्रबार