असार २४, २०८२ मंगलबार July 8, 2025

शहीद क्याम्पसको स्तरोन्नतिका लागि महायज्ञ सञ्चालन गरिने

क्याम्पस सञ्चालनका लागि स्रोत जुटाउने उद्देश्यसाथ महायज्ञ सञ्चालन गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रामपुर (पाल्पा), २ मंसिर । जिल्लाको रामपुर नगरपालिका–७, किसानबारीस्थित शहीद बहुमुखी क्याम्पसमा महायज्ञ सञ्चालन गरिने भएको छ । क्याम्पसको शैक्षिक तथा भौतिक स्तरोन्नतिका लागि आगामी पुस १६ देखि २३ गतेसम्म श्रीमद् भागवत धन धन्याचल् ज्ञान महायज्ञ गर्ने निर्णय भएको हो ।

कालीगण्डकी उपत्यकाको शैक्षिक धरोहरको रूपमा रहेको क्याम्पसलाई स्थायित्व प्रदानसँगै स्तरोन्नति गर्न सरोकारवालाको बृहत् छलफलले महायज्ञ सञ्चालन गर्ने निर्णय गरेको हो । सञ्चालक समितिका अध्यक्ष नेत्रप्रसाद भट्टराईले क्याम्पसको शैक्षिक तथा भौतिक उन्नयनसँगै क्याम्पस सञ्चालनका लागि स्रोत जुटाउने उद्देश्यसाथ महायज्ञ सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो ।

उहाँले यज्ञबाट सङ्कलन भएको रकममार्फत कोष स्थापनासँगै टाढाबाट अध्ययनका लागि आउने विद्यार्थीको लागि आवश्यक छात्रवास सञ्चालन गर्ने लक्ष्य रहेको बताउनुभयो । क्याम्पस प्रमुख मुरारीप्रसाद काफ्लेले सामुदायिक क्याम्पसको मुख्य स्रोत विद्यार्थीमा निर्भर रहने भए पनि पछिल्लो समय विद्यार्थी सङ्ख्या घट्दै जाँदा सञ्चालनमा चुनौती देखिएकाले महायज्ञ सञ्चालनको तयारी थालिएको बताउनुभयो ।

उहाँका अनुसार महायज्ञ सञ्चालनका लागि क्याम्पस सञ्चालक समितिका अध्यक्ष भट्टराईको अध्यक्षतामा पाँचसय एक सदस्य मूल आयोजक समिति गठन गरिएको छ । महायज्ञमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलबाट प्रवचन हुनेछ ।

शनिबार भएको बृहत् छलफलमा रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले धर्म, संस्कार संस्कृतिको बारेमा विद्यार्थीलाई जानकारी दिन तथा आर्थिक सहयोग जुटाउन महायज्ञले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस २०४८ सालमा स्थापना भएको थियो ।

क्याम्पसमा हाल शिक्षा र व्यवस्थापन सङ्कायमा कक्षा ११ देखि स्नातकोत्तरसम्म अध्यापन हुँदैआएको छ । क्याम्पसमा हाल सातसय विद्यार्थी अध्ययनरत रहेको क्याम्पसमा हाल ३० जना प्राध्यापक र १२ जना कर्मचारी कार्यरत छन् । इमानसिं राना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार