कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

ढुंगानाको निधनप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

समस्त ढुङ्गाना परिवारमा गहिरो समवेदना प्रकट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

वरिष्ठ अधिवक्ता तथा मानवअधिकारवादी नेता ढुङ्गानाको निधनको खबरले आफु अत्यन्त दुःखी भएको उहाँले बत्ताउनुभयो ।

उहाँले ढुङ्गानाले २०४७ सालमा जारी संविधानको मस्यौदा बनाउन गठित संविधान सुझाव आयोगको सदस्य, २०४८ सालमा सम्पन्न निर्वाचनबाट बनेको प्रतिनिधिसभाको सभामुख र ०६२/६३ सालको दोस्रो जनआन्दोलनमा नागरिक अगुवाका रूपमा लोकतन्त्रको स्थापना र यसलाई संस्थागत गर्ने कार्यमा पुर्‍याउनु भएको विशिष्ट योगदानका लागि आफूहरूले सधैँ सम्झिरहने बताउनुभएको छ ।

‘म दिवङ्गत ढुङ्गानाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । उहाँकी जीवन सँगिनी श्रीमती भुवन ढुङ्गाना सहित शोकमा डुबेको समस्त ढुङ्गाना परिवारमा गहिरो समवेदना प्रकट गर्दै दुःखको यस घडीमा धैर्य धारण गर्ने क्षमता प्राप्त होस् भनी कामना गर्दछु ।’ पुर्वराष्ट्रपतिले सामाजिक सञ्जाल फेसबुकमार्फत गहिरो शोक व्यक्त गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौँ उपत्यकामा पनि छठ पर्वको तयारी सुरु
२०८३ कार्तिक २६, बिहिबार
एनपिएलमा सन्दीप लामिछानेको घातक बलिङ, ह्याट्रिकसहित ६ विकेट
२०८३ कार्तिक २६, बिहिबार
संरक्षणको अभावमा कान्तिताल
२०८३ कार्तिक २६, बिहिबार
जलवायु सङ्कट नियन्त्रणका लागि तत्काल कडा कदम चाल्न गुटेरेसको आग्रह
२०८३ कार्तिक २६, बिहिबार
अनमोल केसी अभिनीत फिल्म ‘बाटुलो जून’ आजदेखि दर्शकमाझ
२०८३ कार्तिक २६, बिहिबार
बिमस्टेक स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा क्षेत्रीय स्वास्थ्य सहकार्य सुदृढ पार्ने नेपालको प्रतिबद्धता
२०८३ कार्तिक २६, बिहिबार
एसियन बडीबिल्डिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सहभागी हुने
२०८३ कार्तिक २६, बिहिबार