कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

उपनिर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नका सरकार कटिबद्ध : गृहमन्त्री लेखक

समाजमा अराजकता निम्त्याउन खोज्ने जस्ता गतिविधिलाई तत्काल नियन्त्रणमा लिन जरुरी रहेको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

धनगढी । गृहमन्त्री रमेश लेखकले यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरण सम्पन्न गर्नका लागि सरकार कटिबद्ध रहेको बताउनुभएको छ ।

धनगढीमा आज सुदूरपश्चिम प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्नुहुँदै गृहमन्त्री लेखकले उपनिर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्थाको आवश्यक तयारी गर्न सुरक्षा निकाय प्रमुखलाई निर्देशन दिनुभयो ।

गृहमन्त्री लेखकले समाजमा अराजकता निम्त्याउन खोज्ने जस्ता गतिविधिलाई तत्काल नियन्त्रणमा लिन जरुरी रहेको उल्लेख गर्नुहुँदै नागरिकले शान्ति सुरक्षाको अनुभूति गर्ने गरी सेवा प्रवाह गर्नु पर्नेमा जोड्दिनुभयो ।

उहाँले शान्ति सुरक्षा, अमनचयन कायम राख्न तथा अपराध नियन्त्रण, विपद व्यवस्थापन र सवारी दुर्घटना न्युनिकरणका लागि ठोस कार्ययोजना बनाएर अघि बढ्न मातहतका निकायलाई निर्देशन दिनुहुँदै त्यसका लागि सवैका विचमा समन्वय जरुरी रहेको बताउनु भयो ।

गृहमन्त्री लेखकले सुदूरपश्चिम प्रदेश छिमेकी मुलुक चिन र भारतसँग जोडिएको छ, सुरक्षा संवेदनशील छ, त्यसैले सीमा सुरक्षा, लागुऔषध ओसारपसार, मानव बेचबिखन नियन्त्रणका लागि सुरक्षा व्यवस्था थप सुदृढ तुल्याउन आवश्यक छ, भन्नुभयो ।

उहाँले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सम्बन्धी नयाँ कानुन बनाएर संसद्मा प्रवेश गर्ने तयारी अन्तिम चरणमा रहेको बताउनु भयो ।

गृह मन्त्रालय र प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आयोजित प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, गृह सचिव गोकर्णमणि दवाडी, सुरक्षा निकायका प्रमुख, उच्च पदस्थ सरकारी कर्मचारी, प्रमुख जिल्ला अधिकारी लगायतको सहभागिता रहेको छ । गोष्ठीमा प्रदेशको नौ वटै जिल्लाको सुरक्षा अवस्था तथा रणनीति लगायतबारे छलफल हुने बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौँ उपत्यकामा पनि छठ पर्वको तयारी सुरु
२०८३ कार्तिक २६, बिहिबार
एनपिएलमा सन्दीप लामिछानेको घातक बलिङ, ह्याट्रिकसहित ६ विकेट
२०८३ कार्तिक २६, बिहिबार
संरक्षणको अभावमा कान्तिताल
२०८३ कार्तिक २६, बिहिबार
जलवायु सङ्कट नियन्त्रणका लागि तत्काल कडा कदम चाल्न गुटेरेसको आग्रह
२०८३ कार्तिक २६, बिहिबार
अनमोल केसी अभिनीत फिल्म ‘बाटुलो जून’ आजदेखि दर्शकमाझ
२०८३ कार्तिक २६, बिहिबार
बिमस्टेक स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा क्षेत्रीय स्वास्थ्य सहकार्य सुदृढ पार्ने नेपालको प्रतिबद्धता
२०८३ कार्तिक २६, बिहिबार
एसियन बडीबिल्डिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सहभागी हुने
२०८३ कार्तिक २६, बिहिबार