असार १०, २०८२ मंगलबार June 24, 2025

नक्कली परीक्षार्थी खडा गरेर परीक्षा दिन लगाउने प्रधानाध्यापकलाई छ महिना कैद

१२ जना बनाएर परीक्षा दिन लगाउन खोजेको बयान अदालतसमक्ष दिएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नक्कली परीक्षार्थी खडा गरेर कक्षा १२ को परीक्षा दिन लगाउने धुम्बाराहीस्थित प्रोलिफिक सेकेन्डरी विद्यालयका प्रधानाध्यापक गोपालबहादुर महतलाई छ महिना कैद र पाँच हजार रुपियाँ जरिबानाको फैसला भएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको इजलासले यस्तो फैसला गरेको हो । उक्त फैसलाको पूर्णपाठ आइतबार आएको हो । महतले पाँच जना नक्कली परीक्षार्थी खडा गरेर कक्षा १२ को परीक्षा दिन लगाएको आशङ्कामा जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको थियो ।

कक्षा १२ को परीक्षा गत वैशाखमा भएको थियो । पूर्णपाठमा उल्लेख भए अनुसार महतले आफ्नो विद्यालयमा कक्षा १२ मा पढेर वार्षिक परीक्षा दिने विद्यार्थी सात जना मात्रै रहेकाले सञ्चालनमा आर्थिक कठिनाइ भएको र थप पाँच जना नक्कली परीक्षार्थी खडा गरी १२ जना बनाएर परीक्षा दिन लगाउन खोजेको बयान अदालतसमक्ष दिनुभएको थियो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो’ : उपसभामुख रानामगर
२०८२ असार १०, मंगलबार
रुसी आक्रमणमा युक्रेनमा सातजनाको मृत्यु
२०८२ असार १०, मंगलबार
सुरक्षासम्बन्धी भारत–नेपाल परामर्श समूहको सोह्रौँ बैठक सम्पन्न
२०८२ असार १०, मंगलबार
सामुदायिक विद्यालयको अवस्था सुधार गर्न स्थानीय तह बढी जिम्मेवार हुनुपर्छ : मुख्यमन्त्री सिंह
२०८२ असार १०, मंगलबार
इजरायल र इरानद्वारा युद्धविराम स्वीकार
२०८२ असार १०, मंगलबार
“कोरोनाबाट इलामकी ३९ वर्षीया महिलाको मृत्यु, संक्रमण दर फेरि बढ्दै”
२०८२ असार १०, मंगलबार
भ्रष्टाचारीहरूको लर्कोमा बाबुरामलाई नजोड्नू : पूर्वप्रधानमन्त्री भट्टराई
२०८२ असार १०, मंगलबार