मंग्सिर २४, २०८१ सोमबार December 9, 2024

उपनिर्वाचनको प्रचारप्रसारका लागि कल सेन्टर सञ्चालनमा

बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने गरी टोल फ्री नम्बर ११०२ स्थापना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः निर्वाचन आयोगले यही मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनको प्रचारप्रसारका लागि कल सेन्टर सञ्चालनमा ल्याएको छ ।

आयोगले मतदाताका प्रश्न, गुनासा र समस्या समाधान गरी मतदाता नामावली, निर्वाचन कार्यक्रम, उम्मेदवारी दर्ता, मतदान प्रक्रिया लगायतका सबै विषयमा आम मतदाता एव सर्वसाधारणलाई जानकारी गराउनका लागि आयोगको कार्यालयमा कल सेन्टर सञ्चालनमा ल्याएको हो ।

आयोगले बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने गरी टोल फ्री नम्बर ११०२ रहेको कल सेन्टरको स्थापना गरेको आयोगले जनाएको छ ।

आयोगका अनुसार कल सेन्टरमा सम्पर्क राखेर उपनिर्वाचनका विषमय आफ्ना प्रश्न, गुनासा र जिज्ञासा राख्न आयोगले सबैलाई अनुरोध गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया