मंग्सिर १९, २०८२ शुक्रबार December 5, 2025

कोशी प्रदेशका पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

जापान जाँदा असम्बन्धित व्यक्तिलाई पनि लिएर गएपछि उहाँ विवादमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मानव तस्करीको आरोपमा प्रहरी हिरासतमा रहनुभएका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न काठमान्डौ जिल्ला अदालतले अनुमति दिएको छ ।

हिरासतमा राख्न अदालतबाट अनुमति लिएको समय सकिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अधिकारीलाई आज जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो ।

अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको परिसरले जानकारी दिएको छ ।

कात्तिकको दोस्रो हप्तामा तत्कालीन बहालवाला मन्त्री अधिकारी जापान जाँदा असम्बन्धित व्यक्तिलाई पनि लिएर गएपछि उहाँ विवादमा तानिनुभएको हो । मन्त्री पदवाट राजीनामा दिएपछि प्रहरी हिरासतमा रहनु भएका उहाँमाथि प्रहरीले अनुसन्धान गर्दै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वाञ्चल विश्वविद्यालयको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी
२०८२ मंग्सिर १८, बिहिबार
महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी
२०८२ मंग्सिर १८, बिहिबार
रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
सुदूरपश्चिम रोयल्स लगातार छैटौँ जितसहित क्वालिफायरमा
२०८२ मंग्सिर १८, बिहिबार
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने ‘बलर’ बने शाहब
२०८२ मंग्सिर १८, बिहिबार
कांग्रेसद्वारा महाधिवेशनका सम्बन्धमा अन्तरक्रिया
२०८२ मंग्सिर १८, बिहिबार