कार्तिक ५, २०८३ बिहिबार October 22, 2026

दार्चुलाको परिगाउँमा पहिरो जाँदा आमा-छोरी बेपत्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः दार्चुलाको नौगाड गाउँपालिका-६, परिगाउँमा पहिरो जाँदा स्थानीय दुई जना बेपत्ता हुनुका साथै करोडौँका भौतिक क्षति भएको छ ।

बेपत्ता हुनेमा ३५ वर्षीया मानमती ठगुन्ना र उहाँकी छोरी ६ वर्षीया रेवती ठगुन्ना रहेको स्थानीय सन्तोषसिंह ठगुन्नाले जानकारी दिए ।

पहिरोले परिगाउँमा मात्रै आबि परिगाउँको विद्यालय भवन, २८ बाख्रासहित बाख्रा फर्म, तीन वटा पानी घट्ट बगाएको छ । स्थानीयका तीन घर पूर्ण रुपमा क्षति हुनुका साथै पाँच परिवारको खेतबारी बगाएको छ । पाँच परिवारको घर पहिरोको उच्च जोखिममा रहेको ठगुन्नाले बताए ।

परिगाउँमा मात्रै नभई नौगाड गाउँपालिकाको वडा नम्बर १, २ र ३ लगायत विभिन्न बस्तीमा बाढी, पहिरोले ठूलो क्षति गरेको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताउनुभयो ।

दार्चुलाको नौगाड गाउँपालिकामा बर्सेनि बाढी र पहिरोका कारण धनजनको क्षति हुनुका साथै प्राकृतिक विपद् निम्तिने गरेको छ । अहिले घटनास्थलमा उद्धारका लागि स्थानीयसँगै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोलीसमेत खटिएको अध्यक्ष धामीले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया