काठमाण्डौंः मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
बिहीबार बस्ने मन्त्रीपरिषद्को बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई स्वीकृत गर्न सक्ने बताइएको छ । त्यस्तै बैठकमा केही नियुक्ति तथा बढुवाका साथै केही अन्य निर्णय हुन सक्ने बताइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया