मंग्सिर १८, २०८२ बिहिबार December 4, 2025

क्यानडाको टोरोन्टो क्षेत्रमा तेस्रो घुम्ती राहदानी सेवा सञ्चालन

क्यानडाको विभिन्न भागमा रहेका नेपाली डायस्पोराले घुम्ती सेवाबाट प्रभावकारी र सहज सेवा प्राप्त गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

टोरोन्टोः क्यानडाको ओट्टावास्थित नेपाली दूतावासले सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न घुम्ती कन्सुलर राहदानी सेवा सञ्चालन गरेको छ । यस क्रममा टोरोन्टोमा सञ्चालित २ दिने घुम्ती सेवामा करिब ४ सय जनाले राहदानी र कन्सुलर सेवा प्राप्त गरेका छन् ।

नेपालीहरूको उल्लेख्य बसोबास रहेका क्यानडाको विभिन्न सहरमा सहज सेवा पुर्‍याउने नेपाली दूतावासको प्रयास अन्तर्गत घुम्ती सेवा सञ्चालन गरिएको क्यानडाका लागि नेपालका राजदूत भरतराज पौडेलले जानकारी दिनुभयो ।

राजदूत पौडेलका अनुसार ठुलो भूगोल रहेको क्यानडाको विभिन्न भागमा रहेका नेपाली डायस्पोराले घुम्ती सेवाबाट प्रभावकारी र सहज सेवा प्राप्त गरेका छन् । नेपाली दूतावासले धेरै नेपाली सेवाग्राही रहेका टोरोन्टो क्षेत्रमा यसै वर्ष सञ्चालन गरेको यो तेस्रो घुम्ती सेवा हो ।

यसका साथै नेपाली दूतावासले एडमण्टन, भ्याङकुभर, हलिफ्याक्स र कालग्यारीमा पनि बितेको ६ महिनामा घुम्ती सेवा सञ्चालन गरिसकेको ओट्टावास्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

क्यानडास्थित नेपाली दूतावासले नेपालीहरूको उल्लेख्य सङ्ख्या रहेका अन्य सहरहरूमा पनि घुम्ती सेवा सञ्चालनको तयारी गरेको जनाएको छ ।

टोरोन्टोस्थित नेपालको मानार्थ कन्सुलेट, गैह्र आवासीय नेपाली सङ्घ र एन सिसी क्यानडाको सहयोगमा टोरोन्टोमा कन्सुलर राहदानी घुम्ती सेवा सञ्चालन गरिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वाञ्चल विश्वविद्यालयको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी
२०८२ मंग्सिर १८, बिहिबार
महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी
२०८२ मंग्सिर १८, बिहिबार
रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
सुदूरपश्चिम रोयल्स लगातार छैटौँ जितसहित क्वालिफायरमा
२०८२ मंग्सिर १८, बिहिबार
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने ‘बलर’ बने शाहब
२०८२ मंग्सिर १८, बिहिबार
कांग्रेसद्वारा महाधिवेशनका सम्बन्धमा अन्तरक्रिया
२०८२ मंग्सिर १८, बिहिबार