कार्तिक २२, २०८३ आइतबार November 8, 2026

पूर्वाञ्चल विश्वविद्यालयको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन विराटनगरमा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले यही मंसिर २१ र २२ गते बाल विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

विश्वविद्यालयअन्तर्गत शिक्षा शास्त्र सङ्कायको आयोजनामा नेपालमा पहिलो पटक ‘प्रारम्भिक बालविकास इकोसिस्टम परिकल्पना’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको हो ।

आज आयोजित पत्रकार सम्मेलनमा शिक्षा शास्त्र सङ्कायका डीन प्राडा अनिलकुमार पोखरेलले सम्मेलनमा नेपाल, अमेरिका, मलेसिया, भारत, बंगलादेशलगायत १५ भन्दा बढी देशका प्राज्ञ, नीति निर्माताहरू, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको सहभागिता रहने जानकारी दिए । सम्मेलनमा बालविकासका क्षेत्रमा प्राज्ञिक बहस र विमर्श गराउने उद्देश्य राखिएको उनले बताए ।

बालबालिका लक्षित नीति, विशेष आवश्यकता भएका बालबालिकाको हेरचाह, बालविकासका क्षेत्रमा आवश्यक जनशक्ति, पेसागत विकास र नैतिकता, जलवायु परिवर्तन र त्यसले बालबालिकालाई परेको प्रभाव, बालबालिकाको पोषण तथा यसले बालविकासमा पारेको प्रभाव, प्रारम्भिक बाल्यकाल विकासमा नवप्रवर्तनलगायत विषयमा ४० भन्दाबढी सहभागीले आफ्नो अध्ययन, अनुसन्धान प्रस्तुत गर्ने कार्य तालिका रहेको पोखरेलले जानकारी दिए ।

सम्मेलनमा विभिन्न देशका विशिष्ट व्यक्तिहरूबाट बालबालिकासम्बन्धी विविध कार्यशालामा उनीहरूको सर्वाङ्गीण विकासका अवसरहरूको गुणस्तर र पहुँच, सुधार एवं सुनिश्चित गर्ने विषयमा बहस केन्द्रित हुनेछ ।

डीन पोखरेलले भने, ‘सम्मेलनमा प्रस्तुत भएका कार्यपत्र एवं कार्यशालाहरूबाट विश्वविद्यालयले भविष्यमा शिक्षा शास्त्र सङ्कायअन्तर्गत रहने गरी इसिडीसम्बन्धी अध्ययनरअनुसन्धान गर्ने केन्द्र सञ्चालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।’

सम्मेलनले बालविकासका क्षेत्रमा नयाँ एवं समाजको आवश्यकता अनुसारका स्नातक, स्नातकोत्तरलगायत विशेष कार्यक्रमहरूको पहिचान गर्न र सो अनुरूप कार्यक्रम थप गर्न सघाउ पुग्ने विश्वविद्यालयले विश्वास लिएको छ । विश्वविद्यालयले काठमाडौं महानगरपालिका, विराटनगर महानगरपालिका, नविल बैंक, प्लान इन्टरनेशनल, सेभ द चिल्ड्रेनलगायत विभिन्न संघसंस्थाहरूसँग सहकार्य गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार