कार्तिक ४, २०८३ बुधबार October 21, 2026

मुग्लिङ-नारायणघाट सडकखण्ड ठाउँठाउँमा अबरुद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः मुग्लिङ-नारायणघाट सडक खण्डको चार किलो भन्ने ठाँउमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको छ ।

अविरल वर्षपछि विहान खसेको पहिरोका कारण सडकमा सवारी आवागमन पुर्ण रुपमा बन्द भएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । सो क्षेत्रमा वर्षा भईरहेको छ ।

सडक खुलाउने प्रयास जारी रहेको सडक विभागले जनाएको छ । सडक अवरुद्ध भएका कारण सयौं मालवाहक सवारी सडकमा नै रोकिएर बसेका छन् ।

यसैबीच सिदार्थ राजमार्ग अन्तरगत तानसेन बुटवल सडकखण्डको डुम्रेस्थित गौडेपुल नजिकै पुनः पहिरो खसेर राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।

चारदिनअघि पहिरो खसेर अवरुद्ध भएको सडक आइतबार बेलुका पहिरो पन्छाएर एकतर्फी सुचारु गर्ने प्रयास भएपनि पुनः पहिरो खसेका कारण सडक पूर्ण रुपमा बन्द भएको प्रहरीले जनाएको छ ।

आईतबार बेलुका परेको वर्षासंगै ढुंगासहितको पहिरो खस्ने क्रम नरोकिएका कारण सडक सुचारु गर्न समस्या भएको छ ।- रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जमरा शिरमा लगाउने मात्रै होइन, आयुर्वेदले भन्छ- ‘सुपरफुड’ पनि हो
२०८३ कार्तिक ४, बुधबार
विदेशमा रहेका नेपालीका लागि दसैँको टीका साइत सार्वजनिक, कुन देशमा कहिले ?
२०८३ कार्तिक ४, बुधबार
आज बिजयादशमी : टीका लगाइदिने व्यक्ति पूर्वतर्फ र टीका लगाइमाग्ने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्ने
२०८३ कार्तिक ४, बुधबार
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
२०८३ कार्तिक ४, बुधबार
आज बुधबार : कुन राशिलाई शुभ, कुनलाई मध्यम ? हेर्नुहाेस राशिफल
२०८३ कार्तिक ४, बुधबार
सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको खोजी जारी
२०८३ कार्तिक ४, बुधबार
मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दशैँको टीका र जमरा लगाइदिने
२०८३ कार्तिक ३, मंगलबार