असार २४, २०८२ मंगलबार July 8, 2025

कर्मचारीको वैयक्तिक विवरण अद्यावधिक शुरु गर्ने कर्णाली प्रदेश सरकारको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः कर्णाली प्रदेश सरकारले प्रदेशमा समायोजन भई आएका कर्मचारीको वैयत्तिक विवरण अद्यावधिक गर्ने तयारी थालेको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा समायोजन भइ आएका कर्मचारीको वैयक्तिक विवरण अद्यावधिकका लागि सो विवरण उपलब्ध गराइदिन नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेको हो ।

प्रदेशका कर्मचारीको वैयत्तिक विवरण अध्यावधिक गर्नका निम्ति मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाइ नियन्त्रित पहुँच उपलब्ध गराउनसमेत अनुरोध गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिए ।

त्यस्तै मन्त्रालयबाट मन्त्रिपरिषद्‌मा पेश हुने कानूनी विषय जोडिएका दस्तावेजलाई कानूनीरुपले परिपक्व बनाउने सम्बन्धमा मन्त्रालयले मन्त्रिपरिषद्‌मा पेश हुने कानूनी दस्तावेज र प्रस्ताव (कानूनी विषय जोडिएका) तयार गर्दा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानून सचिवलाईसमेत अनिवार्यरुपमा सहभागी गराउने निर्णय भएको प्रवक्ता केसीले बताए ।

उनका अनुसार मन्त्रिपरिषद्को उक्त बैठकले कर्णाली प्रदेश विशेष अनुदानसम्बन्धी कार्यविधि, २०७५ को तेस्रो सशोधन स्वीकृत गर्ने, कर्णाली प्रदेश आन्तरिक लेखापरीक्षण निर्देशिका, २०७७ र कर्णाली प्रदेश जिन्सी मालसामान लिलाम बिक्री निर्देशिका, २०७७ स्वीकृत गर्ने निर्णय गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार