भाद्र १३, २०८३ शनिबार August 29, 2026

डाँकु समूहको आक्रमणमा परी २३ नाइजेरियाली सैनिकको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपश्चिमस्थित दुर्गम स्थानमा डाकुहरुको समूहले बारुदी सुरुङ बिस्फोट गराएका कारण २३ जना नाइजेरियाली सैनिकको मृत्यु भएको छ ।

नाइजेरियाको काट्सिना राज्यको जिबिया जिल्लामा पैदल गस्तीमा रहेको सैनिक टोलीमाथि डाकुहरुले घेरा हालेर आक्रमण गरेको सेनाले जनाएको छ । सैनिक स्रोतले अरु केही सैनिक हराइरहेको जनाएको छ ।

यस क्षेत्रमा डाकाहरुको समूहले स्थानीयबासीका गाईवस्तु र अन्य धनमाल लुट्ने गरेका छन् । केही विज्ञहरुले यी डाकु समूहले इस्लामिक लडाकूसँग पनि साँठगाँठ गर्न थालेको दाबी गरेका छन् ।

लडाकू समूहका एक व्यक्तिले सेनातर्फ २३ जनाभन्दा बढीको मृत्यु भएको दाबी गरेका छन् । त्यही इलाकामा शनिबार एउटा बेवारिसे बम बिस्फोट हुँदा पाँच बालबालिकाको मृत्यु हुनुका साथै ६ जना घाइते भएको काट्सिना राज्यका प्रहरी प्रवक्ताले बताएका छन् । उक्त बम डाकुहरुले छाडेको हुनसक्ने प्रहरीको अनुमान छ ।

नाइजेरियाका राष्ट्रपति मोहम्मदु बुहारीको समेत गृहराज्य रहेको काट्सिनामा बहुसंख्यक नागरिक चरम गरिब छन् । यही राज्यमा पछिल्ला केही वर्षदेखि शान्ति सुरक्षाको अवस्था अत्यन्त नाजूक बनेको छ ।

नाइजेरियाली सेनाले डाकुहरुले आश्रय लिने गरेको यस क्षेत्रको विशाल जंगलमा गस्ती बढाएको छ, तर सेनाको संख्या पर्याप्त नभएको स्थानीयको गुनासो छ । बरु स्थानीयबासी स्वयंले आत्मरक्षाका लागि ससाना समूह बनाएर गाउँको सुरक्षा गर्ने गरेका छन् ।

नाइजेरियाली यी डाकु समूहले सन् २०११ देखि यता आठ हजारभन्दा बढी व्यक्तिको हत्या गरिसकेका छन् भने दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई भ्रष्टाचारको आरोपमा पाँच वर्षको जेल सजाय
२०८३ भाद्र १३, शनिबार
‘विपद्को समयमा सहकार्य र समन्वयबाट सरकारलाई सबैले साथ दिनुपर्छ’ : अध्यक्ष साम्पाङ
२०८३ भाद्र १३, शनिबार
बाढीपीडितको उद्धार र राहतमा तीव्रता दिन पूर्वप्रधानमन्त्री नेपालको आग्रह
२०८३ भाद्र १३, शनिबार
शिक्षक हत्या गरेको आरोपमा ११ जना प्रहरी नियन्त्रणमा
२०८३ भाद्र १३, शनिबार
नेपालको विपत्तिपछि भारतद्वारा हिमनदीको निगरानी तीव्र
२०८३ भाद्र १३, शनिबार
पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने
२०८३ भाद्र १३, शनिबार
भोटेकोशी बाढीको शोकबीच सांस्कृतिक रूपमा मनाइयो गाईजात्रा
२०८३ भाद्र १३, शनिबार