असार २४, २०८२ मंगलबार July 8, 2025

मनमोहन प्राविधिक विश्वविद्यालयमा पुसदेखि कानुन पढाइ हुने

नयाँ नमुना पाठ्यक्रममा आधारित भएर कानुनमा स्नातक तह बिबिए/एलएलबीको पढाइ सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मनमोहन प्राविधिक विश्वविद्यालयमा पुसदेखि कानुन पढाइ सुरु हुने भएको छ।

मोरङको बुढीगंगा गाउँपालिका–४ मा रहेको मनमोहन प्राविधिक विश्व विद्यालयले, एलएलबी र स्नातकोत्तर तहको क्रिमिनल फौजदारी कानुनको पढाइ हुने जानकारी दिएको छ।

प्रविधिमैत्री, व्यावहारिक र समय सान्दर्भिक कानुनी जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित मनमहोनमा कानुन विषयको पढाइ सुरु हुने तयारी गरिएको उपकुलपति डा सुवास श्री पोखरेलले जानकारी दिए।

मनमोहन प्राविधिक विश्वविद्यालयले देशमै पहिलो पटक स्कुल अफ एप्लाइड साइन्स टेक्नोलोजी एण्ड ल अन्तर्गत ‘मनमोहन इस्टिच्युट अफ ल’ स्थापना गरेर नयाँ नमुना पाठ्यक्रममा आधारित भएर कानुनमा स्नातक तह बिबिए एलएलबीको पढाइ सुरु गरेको र यो पाठ्यक्रम धेरै विज्ञहरूबाट सुझाव लिएर तयार गरेको उपकुलपति पोखरेलको भनाइ छ।

यसले कानुन, व्यवस्थापन र प्रविधिमा आधारित दक्ष जनशक्ति मात्र उत्पादन गर्दैन, कानुन व्यवसायीहरूलाई आत्मनिर्भर बनाउने उनको दाबी छ। पाँच वर्षे यो पाठ्यक्रमले विद्यार्थीहरूलाई देवानी र फौजदारी मुद्दाहरूमा प्राविधिक खोज अनुसन्धान गर्न सक्षम बनाउने उनले बताए। कानुन विषय पढ्नका लागि विद्यार्थीले पाँच वर्षमा मात्र ४ लाख ५० हजार शुल्क रहेको छ। छात्रवृत्तिको व्यवस्था समेत रहेको विश्व विद्यालयले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार