वैशाख ३०, २०८१ आइतबार May 12, 2024

सभामुख र सभाअध्यक्षद्धारा संघीय ससदका समिति सभापतिहरुसँग छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः प्रतिनिधिसभा सभामुख र राष्ट्रियसभाका अध्यक्षले दुबै सदनका समिति सभापतिहरुसँग संयुक्त छलफल गरेका छन्।

प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले दुबै सदनका सभापतिहरुसँग समितिका काम कारवाही, समस्या, समाधानका उपाय, समन्वय र क्षेत्राधिकार लगायतका विषयमा सोमबार छलफल गरेका हुन्।

छलफलमा सभापतिहरुले समितिहरुबीच समन्वयको अभाव भएको, कोरोनाका कारण बैठक सञ्चालनका लागि समस्या भएको बताएका छन्। दुबै सदनका गरी १६ वटा समिति भएका कारण भौतिक दुरी कायम गरी बैठक सञ्चालन गर्न हलको अभाव भएको, उपकरण अभाव भएको, प्राविधिक सामग्रीको अभाव भएको लगायतका समस्या सभापतिहरुले सुनाएको सभामुख अग्नि प्रसाद सापकोटाले बताए।

कार्यक्षेत्र जोडिएका समितिहरुबीच समन्वय अभावका कारण समस्या उत्पन्न हुने गरेको छ। त्यस्ता समितिहरुका सन्दर्भमा आवश्यक कुन समिति हो त्यसको बारेमा थप छलफल गरी निर्णय गर्ने समझदारी पनि बनेको उनले बताए। कार्यक्षेत्र जोडिएका समितिहरुले अस्वस्थ प्रतिस्पर्धा गर्न नहुने विषयमा पनि समझदारी भएको उनले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : तीन प्रदेशमा मेघगर्जन/चट्याङ्ग सहित हल्का बर्षाको सम्भावना
२०८१ वैशाख ३०, आइतबार
गिरीबन्धु प्रकरणमा सर्वोच्चको पूर्णपाठ : ‘हदबन्दी छुटको जग्गा बेच्न, मास्न र बाँझो राख्न निषेध’
२०८१ वैशाख ३०, आइतबार
नीति तथा कार्यक्रम बैठक अवरुद्ध गर्ने कांग्रेसको संकेत
२०८१ वैशाख ३०, आइतबार
सुर्य भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् आजको दैनिक राशिफल
२०८१ वैशाख ३०, आइतबार
दक्षिणी गाजाको रफाहबाट हजारौंलाई सो क्षेत्र छोडन इजरायलको चेतावनी
२०८१ वैशाख ३०, आइतबार
नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण सोमबारबाट
२०८१ वैशाख २९, शनिबार
सङ्घीय शिक्षा ऐन जरुरीः मन्त्री चौधरी
२०८१ वैशाख २९, शनिबार