श्रावण २३, २०८३ शनिबार August 8, 2026

३ सय ५१ जनाको निःशुल्क आँखा परीक्षण

राधापुर स्वास्थ्य चौकीमा आँखा परिक्षण गराउने १३६ जनामध्ये २५ जनालाई मोतिबिन्दु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालगन्ज, १० मंसिर । बाँकेका ग्रामीण क्षेत्रका वासिन्दाहरुको आँखामा मोतिया बिन्दुको समस्या बढ्दै गएको पाइएको छ । बेला बेलामा ग्रामीण क्षेत्रहरुमा आयोजना गरिने निःशुल्क आँखा परीक्षण शिविरमा धेरैको आँखामा मोतियाबिन्दु देखिने गरेको नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालले जनाएको छ ।

नेपाल नेत्रज्योति संघ, फत्तेबाल आँखा अस्पताल फुल्टेक्रा नेपालगन्जका अनुसार गत केही समय यता आएर जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा आयोजना गरिएको आँखा उपचार शिविरहरुमा धेरै जनामा मोतियाबिन्दु देखिन थालेको हो ।

सोहीक्रममा जिल्लाको खजुरा गाउँपालिकाको वडा १ र २ मा रहेको राधापुर र सितापुर स्वास्थ्य चौकीमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा ३५१ जना बिरामीको निःशुल्क आँखा परीक्षण गरिएको थियो ।

त्यसमध्ये ७३ जनामा मोतिविन्दु देखिएकोले उनीहरुको निःशुल्क शल्यक्रियाका लागि फत्तेबाल आँखा अस्पताल नेपालगन्जमा रिफर गरिएको छ । राधापुर स्वास्थ्य चौकीमा आँखा परिक्षण गराउने १३६ जना रहेको र त्यसमध्ये २५ जनालाई मोतिबिन्दु भएको पत्ता लागेको थियो । वडा नम्बर २ मा रहेको सितापुर स्वास्थ्य चौकीमा गरिएको आँखा परीक्षणमा २१५ जनाले आँखा परीक्षण गराएकोमा ४८ जनालाई मोतिबिन्दु रहेको पाइएको नेत्र अधिकृत छन्दुलाल थारुले बताउनुभयो ।

खजुरा गाउँपालिकाको वडा नम्बर ३ र ४ मा रहेको स्वास्थ्य चौकीमा पनि निःशुल्क आँखा स्वास्थ्य शिविर सञ्चालन गरिने जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘राप्रपाले जनतालाई धोका दियो, अब राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डा जय नेपाल पार्टीले रेस्क्यु गर्छ’ : डा. धवलशमशेर राणा (अन्तवार्ता)
२०८३ श्रावण २३, शनिबार
चलचित्र ‘गोलमाल ५’ मा अक्षयकुमार भिलेनको रूपमा देखिने
२०८३ श्रावण २३, शनिबार
आइपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
२०८३ श्रावण २३, शनिबार
तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त
२०८३ श्रावण २३, शनिबार
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
२०८३ श्रावण २३, शनिबार
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
२०८३ श्रावण २३, शनिबार
माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य
२०८३ श्रावण २३, शनिबार