श्रावण २३, २०८३ शनिबार August 8, 2026

मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं : स्वास्थ्यमन्त्री पौडेल

आवश्यक उपकरणको व्यवस्था र विपन्न उपचारको सूचिमा सूचीकृत गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बरहथवा (सर्लाही), ११ मङ्सिरः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले सर्लाहीको ईश्वरपुरमा मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

आज ईश्वरपुर नगरपालिका–९ मा निर्माण भएको भरतपुर आँखा उपचार केन्द्रको उद्घाटन गर्नुहुँदै उहाँले त्यस्तो बताउनुभएको हो । ‘‘मृगौला रोगको उपचारका लागि डाइलासिस सेन्टर बनाउनुपर्छ भन्ने सुने । त्यसका लागि आवश्यक उपकरणको व्यवस्था र विपन्न उपचारको सूचिमा सूचीकृत गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु”, मन्त्री पौडेलले भन्नुभयो ।

उहाँले भौतिक पूर्वाधारको व्यवस्थापन भइसकेपछि डाइलासिसका लागि आवश्यक तीन सेट मेसिन उपलब्ध गराउनबारे आफू सकारात्मक रहेको बताउनुयो । “यसका साथै राज्यले एक जनालाई डाइलासिस गरेको २५ सय रुपैयाँ दिने व्यवस्था छ । कुन कुन केन्द्रमा उपचार हुन्छ भनेर सूचिभित्र पार्नुपर्छ । त्यसका लागि पनि पहल गर्छु । यहाँहरूले पालिकाबाट गर्ने काम गर्नुस्”, उहाँले भन्नुभयो ।

यसैगरी यस क्षेत्रका लागि आवश्यक रक्त सङ्कलन केन्द्र सञ्चालनका लागि कुनै संस्थासँग समन्वय गर्ने र त्यसो हुन नसके मन्त्रालयसँगको सहकार्यमा सो केन्द्र सञ्चालन गर्न सकिने मन्त्री पौडेलको भनाइ थियो ।

उहाँले पाठेघरको समस्या समाधानका लागि रोग लाग्नै नदिने गरी सचेत हुनुपर्ने र लागिहालेमा सहज उपचारका लागि सरकारले सहयोग गर्ने बताउनुभयो । मन्त्री पौडेलले हाल सञ्चालनमा रहेको रु एक लाखको स्वास्थ्य बिमा कार्यक्रम व्यवस्थित नरहेकाले यसलाई रु पाँच लाख पुर्‍याउने तयारी भएको जानकारी दिनुभयो ।

कार्यक्रममा ईश्वरपुर नगरपालिका प्रमुख मनोजकुमार आचार्यले नगरको स्वास्थ्य अवस्था सुदृढ गर्न आफूहरू क्रियाशील रहेको बताउनुभयो । नेपाल नेत्र ज्योति सङ्घ, हिरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थान, भरतपुर आँखा अस्पताल चितवन र ईश्वरपुर नगरपालिकाको संयुक्त सहकार्यमा यस क्षेत्रमा आँखा अस्पताल सञ्चालनमा आएको छ ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष तेजेन्द्र बहादुर खड्काको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य रामचन्द्र चौधरी, विभिन्न पालिकाका प्रमुख, उपप्रमुखलगायतको उपस्थिति रहेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘राप्रपाले जनतालाई धोका दियो, अब राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डा जय नेपाल पार्टीले रेस्क्यु गर्छ’ : डा. धवलशमशेर राणा (अन्तवार्ता)
२०८३ श्रावण २३, शनिबार
चलचित्र ‘गोलमाल ५’ मा अक्षयकुमार भिलेनको रूपमा देखिने
२०८३ श्रावण २३, शनिबार
आइपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
२०८३ श्रावण २३, शनिबार
तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त
२०८३ श्रावण २३, शनिबार
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
२०८३ श्रावण २३, शनिबार
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
२०८३ श्रावण २३, शनिबार
माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य
२०८३ श्रावण २३, शनिबार