असार २१, २०८२ शनिबार July 5, 2025

प्रेस काउन्सिलद्वारा अनुदानमा सञ्चार सामाग्रीको लागी आवेदन दिन आग्रह

३५ दिनभित्र मिडिया विकास कोषको सचिवालयमा लिखित वा अनलाइन माध्यममार्फत आवेदन दिनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रेस काउन्सिल नेपालले अनुदानमा सञ्चार सामग्री खरिद गर्न चाहने पत्रकार एवं सञ्चारमाध्यमलाई आवेदन दिन आग्रह गरेको छ । प्रेस काउन्सिल नेपाल, मिडिया विकास कोषले अनुदानमा सञ्चार सामग्री खरिद गर्न चाहने पत्रकार तथा सञ्चार माध्यमलाई आवेदन दिन आग्रह गरेको हो ।

काउन्सिलले आज एक सूचना प्रकाशित गरी काउन्सिलको स्वीकृत नीति एवं बजेट तथा कार्यक्रमअनुसार मोफसलमा रहेका पत्रकार र सञ्चार माध्यमलाई विभिन्न सुविधा उपलब्ध गराइँदै आएको तथा आर्थिक वर्ष २०८१/८२ का लागि ३५ दिनभित्र प्रेस काउन्सिल नेपाल मिडिया विकास कोषको सचिवालयमा लिखित वा अनलाइन माध्यममार्फत आवेदन दिन आग्रह गरेको छ ।

यसैगरी सहयोग गराइने क्षेत्र र सीमाअन्तर्गत ल्यापटप खरिद अनुदान (४० प्रतिशत) १६, क्यामेरा खरिद अनुदान (३० देखि ४० प्रतिशत) चार, शोधपत्र लेखन सातजना (प्रत्येक प्रदेशबाट एक जनाका दरले) तथा सञ्चार केन्द्र स्थापना अनुदान एकवटा सुविधाका लागि आवेदन दिन सकिने काउन्सिलद्वारा प्रकाशित सूचनामा उल्लेख छ । दुर्गम, स्थानीय सञ्चारमाध्यम र यसअघि उपलब्ध नभएका जिल्लालाई पहिलो प्राथमिकता हुने एवं निवेदनमा निवेदकको हस्ताक्षर, सम्पर्क नम्बर, आवश्यक कागजात र इमेल अनिवार्य हुनुपर्ने जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार