असार २४, २०८२ मंगलबार July 8, 2025

चिनियाँ भाषा र आइटी कक्षाका विद्यार्थी दीक्षित

दूतावासले अहिलेका विद्यार्थीलाई माथिल्लो तह र नयाँ कक्षाका लागि अन्य विद्यार्थीलाई समावेश गराउने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

त्रिशूली (नुवाकोट), १२ मङ्सिरः विदुर नगरपालिका–८ स्थित भैरूम माध्यमिक विद्यालयमा अतिरिक्त समयमा सञ्चालन गरिएको चिनियाँ भाषा र सूचना प्रविधि (आइटी) अध्ययनरत विद्यार्थी दीक्षित भएका छन् ।

यहाँ अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गर्दै सञ्चालन गरिएको चिनियाँ भाषा र सूचना प्रविधिसम्बन्धी प्रारम्भिक तहको अध्ययन पूरा गरेका ५० जना विद्यार्थी दीक्षित भएका हुन् ।

गत भदौ १४ देखि सुरु भएको कक्षा आज सम्पन्न भएको हो । प्रारम्भिक तहको अध्ययन पूरा गरेका विद्यार्थीलाई चीन सरकारको सान्दोङ फोरेन ट्रेड भोकेसनल कलेजबाट आएका प्रशिक्षक र जिल्ला समन्वय समिति नुवाकोटका उपप्रमुख दलबहादुर तामाङले प्रमाणपत्र प्रदान गर्नुभयो ।

चिनियाँ दूतावासको आर्थिक तथा प्राविधिक सहयोगमा कक्षा ११ र १२ का विद्यार्थीसहित स्थानीय युवालाई लक्षित गरी सञ्चालन गरिएको भाषा र सीप विकाससम्बन्धी अध्ययन विद्यार्थीले सफतापूर्वक तीन महिनामा पूरा गरेका ओभरसिज ट्रेडिङ सेन्टर इन नेपालका समन्वयकर्ता रामचन्द्र पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालमा पहिलो पटक नमूना परीक्षणका रूपमा चिनियाँ दूतावासको सहयोगमा सञ्चालन गरिएको भाषा र सीप विकाससम्बन्धी अध्ययन विद्यार्थीले सहज रूपमा पूरा गरेका छन् ।

दूतावासले अहिलेका विद्यार्थीलाई माथिल्लो तह र नयाँ कक्षाका लागि अन्य विद्यार्थीलाई समावेश गराउने तयारी गरिरहेको जानकारी प्राप्त भएको जिल्ला समन्वय समितिका उपप्रमुख तामाङले जानकारी दिनुभयो ।

“परीक्षणका रूपमा नेपालमा पहिलो पटक सुरु भएको कार्यक्रममा विद्यार्थीको सक्रिय सहभागिता देखेपछि दूतावास उत्साहित भएको जानकारी पाएका छौँ”, उहाँले भन्नुभयो, “अध्ययन र सीप सिकाइको तह पूरा गरेकामध्ये उत्कृष्ट विद्यार्थीलाई अध्ययनको लागि चीन जाने अवसर पनि प्राप्त हुने उल्लेख छ ।”

कार्यक्रमको सफलता पश्चात् नुवाकोटमा थप कार्यक्रम विस्तारसहित शिक्षा क्षेत्रमा सहयोगका कार्यक्रम सञ्चालनका लागि दूतावासले यहाँबाट प्रस्ताव माग गरेको छ । विश्वका एकसय बढी देशमा भाषा र प्रविधिसम्बन्धी कक्षा सञ्चालन गरेको चीन सरकारले नुवाकोटसहित चीनसँग सीमा जोडिएका जिल्लामा उक्त कार्यक्रमलाई विस्तार गर्ने योजना बनाएको हो ।

चीनको सान्दोङ फोरेन ट्रेड भोकेसनल कलेजले नेपालको ओभरसिज ट्रेडिङ सेन्टर इन नेपाल संस्थासँगको सहकार्यमा कक्षा सञ्चालनमा ल्याएको थियो । चिनियाँ कलेजले तयार गरेको पाठ्यक्रम र सोही पाठ्यक्रममा आधारित कक्षाको प्रारम्भिक तहको अध्ययन पूरा गरेका विद्यार्थीले चिनियाँ भाषामा पढ्न, लेख्न र कम्युटरमा आधारित सीप विकाससम्बन्धी (प्रविधि)मा काम गर्नसक्ने भएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार