काठमाण्डाैंः नेपाली बजारमा मंगलबार सुनचाँदीको मुल्य बढेको छ ।
सुनको मुल्य तोलामा ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारको लागि छापावाल सुनको मुल्य तोलाको ९२ हजार ७ सय रुपैयाँ तोकेको छ । सोमबार तोलाको ९२ हजार ३ सयमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुनको मुल्य पनि तोलामा ३९५ रुपैयाँले बढेर ९२ हजार २ सय ६० रुपैयाँ पुगेको छ । चाँदीको मुल्य एकै दिन तोलामा ४० रुपैयाँले बढेको छ ।
महासंघले आज (मंगलबार) का लागि तोलाको एक हजार ४० रुपैयाँ तोकेको छ । चाँदी सोमबार तोलाको हजार रुपैयाँमा कारोबार भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया