असार २४, २०८२ मंगलबार July 8, 2025

शिक्षामन्त्री भट्टराई र शिक्षा क्षेत्रका विकास साझेदारबीच शिष्टाचार भेट

शिक्षक विकास र व्यवस्थापनको रणनीति, विद्यालय दिवा खाजा, सिकाइ सामग्री विकास र प्रयोगजस्ता विषय प्राथमिकतामा राख्न अनुरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसँग विद्यालय शिक्षा क्षेत्र योजनामा कार्यरत विकास साझेदार संस्थाका प्रतिनिधिहरूले शिष्टाचार भेटघाट गर्नुभएको छ ।

आज भएको भेटवार्तामा मन्त्री भट्टराईले उहाँहरूलाई स्वागत गर्दै विकास साझेदारहरूले नेपालको शिक्षा क्षेत्रमा गर्नुभएको सहायताको प्रशंसा गर्नुभयो ।

उहाँले विभिन्न विकास साझेदारको तर्फबाट कार्यान्वयनका क्रममा रहेका विद्यालय शिक्षा क्षेत्र योजनाको सबै क्षेत्र तथा उपक्षेत्रहरूको समीक्षा गरी आगामी दिनमा सहकार्य गर्न सरकार तयार रहेको बताउनुभयो ।

उहाँले शिक्षक विकास र व्यवस्थापनको रणनीति, विद्यालय दिवा खाजा, सिकाइ सामग्री विकास र प्रयोगजस्ता विषय प्राथमिकतामा राख्न अनुरोध गर्नुभयो ।

उक्त भेटमा नेपालका लागि नर्वेजियन राजदूत तोरुन ड्रमडालले नर्वे सरकारले नेपालको समग्र शिक्षा क्षेत्रलाई बलियो बनाउन स्थानीय तहको क्षमता विकासमा सहयोग गर्न चाहेको बताउनुभयो ।

विकास साझेदार संस्थाका तर्फबाट नेपालका लागि नर्वेजियन राजदूत तोरुनको नेतृत्वमा ‘एडिबी’, ‘युएसआइडी’, ‘युनिसेफ’, ‘युरोपियन युनियन’, ‘वल्र्ड बैङ्क’, ‘जिपिइ’का प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार