असार २५, २०८२ बुधबार July 9, 2025

विद्युत् लाइन नकाटिने, महसुल उठाउन वैकल्पिक बाटो

महसुल भुक्तानी गर्न बाँकी कम्पनीको साधारण सेयर बिक्री प्रक्रिया रोक्का राख्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, मङ्सिर १३ गते । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनको प्रिमियम महसुल असुलीका लागि उद्योगको लाइन काट्ने तरिका छाडेर नयाँ विकल्प प्रयोग गर्न थालेको छ । मङ्गलबार विद्युत् नियमन आयोगले विवादित उद्योगहरूको विद्युत् आपूर्ति विच्छेद नगर्न तथा असुलीका अन्य उपाय प्रयोग गर्न निर्देशन दिएपछि प्राधिकरणले नयाँ कदम चालेको हो ।

“विद्युत् नियमन आयोग र प्राधिकरण सञ्चालक समितिको निर्देशनबमोजिम उद्योगको लाइन काट्ने विकल्प यस पटक प्रयोग भएन,” प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो, “यस पटक चाहिँ सम्बन्धित उद्योगको खाता रोक्का गर्ने, साधारण सेयर जारी गर्न नदिने तथा कम्पनीको हक हस्तान्तरण रोक्न सम्बन्धित निकायलाई लेखी पठाएका छौँ ।”

प्राधिकरणले बुधबार नेपाल राष्ट्र बैङ्क, धितोपत्र बोर्ड र कम्पनी रजिस्ट्रार कार्यालयलाई पत्राचार गरी महसुल असुलीका लागि आवश्यक सहयोग गर्न आग्रह गरेको छ । राष्ट्र बैङ्कका गभर्नरलाई सम्बोधन गरी पठाइएको पत्रमा प्राधिकरणले उद्योगीहरूको सूची र तिनले तिर्नुपर्ने बक्यौता खुलाई महसुल असुली नभएसम्म खाताबाट रकम झिक्न नमिल्ने गरी २८ कम्पनीको खाता रोक्का राखिदिन आग्रह गरिएको छ ।

“महालेखा परीक्षकको कार्यालयबाट विभिन्न आर्थिक वर्षको लेखा परीक्षण गर्दा उक्त बक्यौता असुल गर्नुपर्ने गरी बेरुजु कायम भएको छ,” राष्ट्र बैङ्कलाई लेखिएको पत्रमा भनिएको छ, “बक्यौता असुलीका लागि विभिन्न अवधिमा समय दिँदा पनि भुक्तान नगरेकाले नेपाल विद्युत् प्राधिकरण ऐन र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, एवं विभिन्न अदालतका आदेशबमोजिम उल्लिखित रकम असुली नभएसम्म ती कम्पनीका खताबाट रकम झिक्न नपाउने गरी रोक्का राखी महसुल असुलीमा सहयोग गरिदिनुहुन अनुरोध छ ।”

मङ्गलबार विद्युत् नियमन आयोगले उद्योगमा बिजुलीको लाइन काट्नेबाहेकका अन्य विकल्प प्रयोग गर्दै बक्यौता उठाउन प्राधिकरणलाई पत्राचार गरेको थियो । प्राधिकरणले धितोपत्र बोर्डलाई पनि पत्राचार गर्दै महसुल भुक्तानी गर्न बाँकी कम्पनीको साधारण सेयर बिक्री प्रक्रिया रोक्का राख्न पनि अनुरोध गरेको छ ।

प्राधिकरणले कम्पनी रजिस्ट्रार कार्यालयलाई पत्राचार गरी महसुल बक्यौता बाँकी रहेका कम्पनी तथा सम्बन्धित सञ्चालक रहेका अन्य कम्पनीको सेयरको हक हस्तान्तरण नगरिदिन तथा धितो बन्धकी पनि दिन नपाउने गरी रोक्का राखिदिन आग्रह गरेको छ ।

प्राधिकरणले सम्बन्धित उद्योगीको निजी आवसको विद्युत् आपूर्ति बन्द गर्न अनुमति दिन विद्युत् नियमन आयोगलाई समेत पत्राचार गरेको प्राधिकरणका निर्देशक घिसिङले जानकारी  दिनुभयो ।

उहाँले विवादमा रहेका उद्योगका सञ्चालक संलग्न जलविद्युत् तथा सौर्य ऊर्जा आयोजनाको विद्युत् खरिदबापतको रकमबाट बाँकी महसुल किस्ताबन्दीमा असुल गर्ने जानकारी दिनुभयो ।

मङ्गलबार विद्युत् नियमन आयोगले सो निर्णयपछि बुधबार प्राधिकरण सञ्चालक समितिको बैठकले विद्युत् आपूर्ति विच्छेद नगर्ने निर्णय गरेको थियो । यसअघि सरकारले प्राधिकरणलाई १५ दिनको समय दिएर बक्यौता उठाउन र तत्काल लाइन जोड्न निर्देशन दिएको थियो । प्राधिकरणले त्यसपछि १५ दिनभित्र बक्यौता नतिरे नियम अनुसार हुने भन्दै सार्वजनिक सूचना जारी गरेको थियो । विगतमा प्राधिकरणले यस्तो सूचना अटेरी गरेमा सम्बन्धित उद्योगको विद्युत् आपूर्ति बन्द गराउने गर्दथ्यो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार