असोज १९, २०८३ सोमबार October 5, 2026

उद्धार तथा राहतका लागि सेनाका ३ स्काईट्रक र १० हेलिकप्टर तयारी अवस्थामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौैः अविरल वर्षापछि मुलुकभर बाढीपहिरो बढेसँगै उद्धार र राहतका लागि नेपाली सेनाले तयारी अवस्थामा बसेको जनाएको छ ।

उद्धार र राहतका लागि नेपाली सेनाले चार ठाउँमा तीन स्काईट्रकसहित १३ ओटा हवाई साधन तयारी अवस्थामा राखेको छ । सेनाले तीन स्काईट्रक र १० ओटा हेलिकप्टरहरु चार फरक स्थानमा आवश्यकता अनुसार तैनाथ गरेर राखेको हो । पश्चिम एयरबेस सुर्खेतमा एक–एकवटा स्काईट्रक, एमआई–१७ र इकुरेल खटाइएको छ ।

यस्तै, मध्य एयरबेस काठमाडौंमा दुई वटा स्काईट्रकसहित एमआई–१६, इकुरेल, अगस्टा, पिपर र कासा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । पूर्व एयरबेस सुनसरीको इटहरीमा एक बेल हेलिकप्टर र चितवनको भरतपुरमा एक एमआई–१७ हेलिकप्टर तयारी अवस्थामा छ ।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार सेनाले विपद् व्यवस्थापनका लागि ती साधनहरुलाई यसअघि म्याग्दी, सिन्धुपाल्चोक, तनहुँ र म्याग्दीलगायतका स्थानमा प्रयोगमा पनि ल्याइसकेको छ ।

यस्तै, सेनाले प्रदेश–२ को रौतहटको गौर नगरपालिका छठघाट इलाका र गढीमाई नगरपालिका–१ समनपुरमा हेलिकप्टर आवत–जावतका लागि अस्थायी हेलिप्याड बनाएको छ ।

प्रवक्ता पौडेलले नेपालका विभिन्न स्थानमा १८ वटा फिल्ड अस्पताल तयारी अवस्थामा रहेको बताए । सेनाले नेपालगन्ज, पोखरा र इटहरीका तीनै सैनिक अस्पतालमा ५०–५० जनाको उपचार गर्न सकिने बताएको छ ।

विपद् व्यवस्थापनका लागि सेनाको प्रत्येक पृतना र गणहरुमा आवश्यक स्रोत साधनसहितको फौज तैनाथ रहेको पौडेलले बताए । ‘सेनाले विपद् व्यवस्थापन निर्देशनालय अन्तर्गत विपद् व्यवस्थापन गणले देशका ८ स्थानहरु (इटहरी, सिरहा, गजुरी, भैरहवा, नेपालगन्ज, कैलाली, चितवन र पोखरा) मा फौज परिचालन गरेको छ,’ पौडेलले भने । उनले इन्जिनियरिङ विभाग तथा विपद् व्यवस्थापन निर्देशनालयअन्तर्गत हेभी सामग्री तथा सावरी साधनहरु तयारी अवस्थामा राखिएको पनि जानकारी दिए ।

‘केन्द्रीय रिजर्भको रुपमा विशेष बाहिनी, इन्जिनियर गण र मेडिकल टिमसहित विपद् पर्दा छिटो प्रतिकार गर्ने टोली काठमाडौंको विमानस्थलमा तयारी अवस्थामा बसिरहेका छन्,’ उनले भने । धादिङ, चितवन र रौतहटमा बाढीमा फसेका व्यक्तिको उद्धारका सेनाको टिम तयारी अवस्थामा रहेको छ । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी बाढीः रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन
२०८३ असोज १९, सोमबार
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ असोज १८, आइतबार
‘समृद्धिका लागि तीन तहबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक छ’
२०८३ असोज १८, आइतबार
हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छः घिसिङ
२०८३ असोज १८, आइतबार
प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्यदेखि नयाँ संविधानसम्मको प्रस्ताव
२०८३ असोज १८, आइतबार
नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
२०८३ असोज १८, आइतबार
एमाले सांसदलाई अध्यक्ष ओलीको प्रशिक्षण, सरकारको कार्यशैलीप्रति आपत्ति
२०८३ असोज १८, आइतबार