असार २४, २०८२ मंगलबार July 8, 2025

महोत्सवका लागि विद्यालय बन्द गर्न नगरपालिकाको आव्हान

१४ देखि १६ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयलाई बन्द गर्न निर्देशन जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

घोडाघोडी (कैलाली), मङ्सिर १४ गते । कैलालीको लम्कीचुहा नगरपालिकाले लम्कीचुहामा आयोजना गरिएको महोत्सवको लागि तीन दिन विद्यालय बन्द गर्न आह्वान  गरेको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै महोत्सवका लागि १४ देखि १६ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयलाई बन्द गर्न निर्देशन जारी गरेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत तप्त भण्डारीले लम्कीचुहा उद्योग वाणिज्य सङ्घको पत्रअनुसार स्थानीय बिदा दिएको भन्दै सूचना जारी गर्नुभएको हो ।

‘यही मङ्सिर ६ देखि १६ गतेसम्म सञ्चालन भइरहेको लम्कीचुहा महोत्सव २०८१ मा विद्यार्थीहरूका लागि विज्ञान प्रदर्शनी, विद्यार्थीहरूको विज्ञान प्रविधिबाट आविष्कार गरेका उपकरणको प्रदर्शनी तथा विद्यालयस्तरीय नृत्य प्रतियोगिता हुने भएको हुँदा १४ देखि १६ गतेसम्म स्थानीय बिदा दिएको जानकारी गराइन्छ’ नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

महोत्सवको लागि नगरपालिकाभित्रका सबै विद्यालय बन्द गर्न लगाउने नगरपालिकाको निर्देशनको अहिले सबैतिरबाट विरोध भइरहेको छ । सामाजिक सञ्जालमा शिक्षाको गुणस्तर सुधार गर्नुपर्ने दायित्व रहेको नगरपालिकाले नै महोत्सव सफल बनाउन स्थानीय बिदा दिएको भन्दै आलोचना भइरहेको हो ।

मेयर सुशीला शाही अहिले वैदेशिक भ्रमणमा हुनुहुन्छ । उपमेयर जुना चौधरीले बिदा सम्बन्धमा आधिकारिक कुनै निर्णय नभएको र आफूलाई जानकारी नरहेको बताउनुभयो ।

विज्ञान प्रदर्शनी रहेको र विद्यार्थीको नृत्य पनि रहेको हुँदा उद्योग वाणिज्य सङ्घको आग्रहपछि बिदा दिइएको वडा नम्बर ३ का अध्यक्षसमेत रहेका नगरपालिकाका प्रवक्ता लव शाहीले बताउनुभयो। गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार