असार २२, २०८२ आइतबार July 6, 2025

लुम्बिनी वाणिज्य क्याम्पस छिट्टै मानित विश्वविद्यालय हुनेछ : अर्थमन्त्री पौडेल

नेपाल सरकारबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रुपन्देही । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा चौथो अन्तर्राष्ट्रिय कन्फिडेन्स शुक्रबारदेखि सुरु भएको छ ।

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले इन्टरनेशनल कन्फिडेन्स अन ग्लोबल इनोभेसन इन म्यानेजमेन्ट एण्ड सोसल साइन्स (प्रज्ञानम् ब्रह्म–०४) को उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा अर्थमन्त्री पौडेलले शैक्षिक क्षेत्रमा देशकै नमुना क्याम्पसको रुपमा परिचित लुम्बिनी वाणिज्य क्याम्पस मानित विश्वविद्यालयको रुपमा प्रमाणित गरेको बताउनुभयो । उहाँले आगामी दिनमा मानित विश्वविद्यालयका रुपमा स्थापित हुने चाहना छिटै पूरा हुने बताउँदै नेपाल सरकारबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले विश्व विद्यालयको शिक्षा अनुसन्धानमूलक हुन जरुरी रहेको बताउँदै उच्च शिक्षा र सीपका लागि लगानी बढाउनुपर्ने तथा ज्ञान देशको आर्थिक विकाससँग प्रत्यक्ष जोडिएको र आर्थिक एवम् मानवीय विकासमा ज्ञानको अहम् भूमिका भएको जनाउनुभयो । उहाँले परिवर्तित विश्व परिवेशमा अनुसन्धान र नवप्रवर्तन बढ्दै गएकोले ज्ञान र प्रविधिलाई उत्पादन र उत्पादकत्वसँग बढाउन सके ‘सुखी नेपाली र समृद्ध नेपाल’ बन्ने बताउनुभयो ।

क्याम्पस प्रमुख डा. ताराप्रसाद उपाध्यायले विभिन्न देशका विज्ञहरूलाई ल्याएर अनुसन्धानका लागि चौथो पटक यस्तो कार्यक्रम गरिएको बताउनुभयो ।

अनुसन्धान विभाग प्रमुख पीताम्बर सापकोटाले सबै क्षेत्रका विज्ञहरुको कार्यक्रममा सहभागिता रहेको जानकारी दिनुभयो । शुक्रबार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्राध्यापक डा. डिल्लीराज शर्मासहित भारत, चीन, मलेसिया, थाइल्यान्डका विभिन्न विश्वविद्यालयका प्रोफेसर तथा डाक्टरहरूले अवधारणा राखेको अध्यापक माधवकुमार पौडेलले जानकारी दिनुभयो । त्यसबाहेक सरकारी तथा गैरसरकारी संस्थाका अनुसन्धानकर्ता समेत गरी १ सय २० बढी अनुसन्धानकर्ताले अनुसन्धान पत्र प्रस्तुत गर्नेछन् ।

सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, चीन थाइल्याण्ड, मलेसिया लगायतका विभिन्न विश्व विद्यालयका पदाधिकारी, वरिष्ठ प्राध्यापक, विद्यार्थी, अनुसन्धानकर्ता, सरकारी तथा गैरसरकारी अभ्यासकर्ताहरूले अनुसन्धानको निष्कर्ष प्रस्तुत गर्नेछन् ।

लुम्बिनी वाणिज्य क्याम्पसले सञ्चालन गर्दै आएको यो चौथो कन्फिडेन्स हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार