असार २४, २०८२ मंगलबार July 8, 2025

अनुसन्धानको दायरा तथा क्षेत्र विस्तार गर्न आवश्यक छ : मन्त्री भट्टराई

अनुसन्धानमा आधारित शिक्षा नै प्रभावकारी हुने भएकाले त्यसतर्फ लाग्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लुम्बिनी । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बौद्ध शिक्षा र दर्शनको प्रवर्द्धन गरेर अनुसन्धानका दायरा तथा क्षेत्र विस्तार गर्नुपर्ने बताउनुभएको छ ।

विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका मन्त्री भट्टराईले लुम्बिनी बौद्ध विश्वविद्यालयको २०औँ स्थापना दिवस तथा तेस्रो विशेष दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै अनुसन्धानमा आधारित शिक्षा नै प्रभावकारी हुने भएकाले त्यसतर्फ लाग्न आग्रह गर्नुभयो ।

अनुसन्धानको दायरा तथा क्षेत्र विस्तार गर्न बौद्ध विश्वविद्यालयले विश्लेषणका आधारमा आवश्यक जनशक्ति तथा संस्थागत क्षमताको विकास गर्नुपर्नेमा जोड दिँदै मन्त्री भट्टराईले दक्षतामा आधारित सिकाइ सिद्धान्तका आधारमा पाठ्यक्रम परिमार्जन गरी कार्यान्वयन गर्न एवं शैक्षिक सुशासन र व्यवस्थापकीय जबाफदेहितामा सुधार गर्न जरुरी रहेको बताउनुभयो ।

विश्वविद्यालयलाई आत्मनिर्भर बनाउने, गुम्बा शिक्षा, बज्रयान, महायानअन्तर्गत अध्ययन गरेको ज्ञान सीपलाई विश्वविद्यालयको उपाधिसँग समकक्षता प्रदान गर्ने कार्यमा दत्तचित्त भएर लाग्न  निर्देशन दिँदै मन्त्री भट्टराईले बौद्ध धर्म, दर्शन, पाली र संस्कृत भाषामा विशिष्टता हासिल गरेका विज्ञ जनशक्तिसँग मिलेर काम गर्ने वातावरण विकास सिर्जना गर्नुपर्ने बताउनुभयो ।

मन्त्री भट्टराईले नेपालको मौलिक राष्ट्रिय संस्कृति र परम्पराको संरक्षण एवं विकास गर्दै सुखी, शान्त, सफल आदर्श र कल्याणकारी समाज निर्माण तथा बौद्ध दर्शनभित्र अन्तर्निहित विचारका माध्यमबाट छिमेकी राष्ट्रसँग सांस्कृतिक सम्बन्ध कायम गर्ने जिम्मेवारीलाई मूलमन्त्र ठानेर अघि बढ्न आग्रह गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार