असार २३, २०८२ सोमबार July 7, 2025

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

प्रधानमन्त्री ओलीसँग परराष्ट्र मन्त्री आरज़ु देउवा पनि सो भेटवार्तामा सहभागि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा शनिबार साँझ भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको हो ।

सो अवसरमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिनुभएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीसँग परराष्ट्र मन्त्री आरज़ु देउवा पनि सो भेटवार्तामा सहभागिता हुनुहुन्थ्यो । सो अवसरमा मन्त्री देउवाले आफूले गरेको चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो ।

मङ्सिर १७ गतेदेखि २० गतेसम्म हुने चीन भ्रमणका लागि प्रधानमन्त्री ओली मङ्सिर १७ गते नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया