श्रावण १९, २०८३ मंगलबार August 4, 2026

‘हरर’ विधामा बन्यो चलचित्र ‘मम्मी’

नेपालमा ‘हरर’ विधामा निर्माण भएका विदेशीसँगै स्वदेशी चलचित्रले राम्रो कमाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, १९ मङ्सिर : समर निरौलाले पहिलो निर्देशकीय चलचित्र ‘मम्मी’ ‘हरर’ विधामा तयार गर्नुभएको छ । नेपालमा यस विधालाई हेर्ने दर्शक भएता पनि प्राविधिक कठिनाइका कारण यस्ता चलचित्र निकै कम बन्ने गरेका छन् ।
नेपालमा ‘हरर’ विधामा निर्माण भएका विदेशीसँगै स्वदेशी चलचित्रले राम्रो कमाइ गरेता पनि निर्माणमा सुस्तता देखिनु प्राविधिक कठिनाइलाई मुख्य कारण मानिएको छ ।
चलचित्रका निर्देशक निरौलाले ‘मम्मी’ चलचित्रलाई हरेक पक्षमा उत्कृष्ट बनाउने प्रयास गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले बनिरहेका नेपाली चलचित्रभन्दा केही फरक गर्ने प्रयास गरेका छौँ । यो एउटा परिवारको कथा हो । कुकुरको निधन भएपछि आउने घटनाक्रमलाई यसमा देखाएका छौँ ।”
उहाँले चलचित्रको प्रचारप्रसार सामग्रीलाई फरक बनाउने प्रयास गरेको बताउनुभयो । यस चलचित्रमा अभिनेत्री प्रियङ्का कार्की, दीया मास्के, सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, रिना ढकाललगायत कलाकारले अभिनय गर्नुभएको छ ।
निर्देशक निरौलाकै लेखन रहेको चलचित्रमा निशल पौडेल र शरद महतोले छायाङ्कन, दीपेश चौधरीले रङ्ग संयोजन, सुरेन महर्जनले सम्पादन गर्नुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया