श्रावण २३, २०८३ शनिबार August 8, 2026

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला खुलेन, पठनपाठन प्रभावित

लामो समयदेखि काम गरेका शिक्षक तथा कर्मचारीहरुको बढुवा नभएको भन्दै ५८ जना शिक्षक तथा कर्मचारीहरू आन्दोलनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका शिक्षक तथा कर्मचारीहरुले बढुवाको माग गर्दै प्रतिष्ठानमा ताला लगाएपछि पठनपाठन ठप्प भएको छ ।

दुईसातादेखि प्रतिष्ठानको शैक्षिक भवन, उपकुलपति, रजिष्ट्रार र रेक्टरको कार्यकक्षमा ताला लागेको छ । प्रतिष्ठानका पदाधिकारीहरुले आन्दोलनरत शिक्षक र कर्मचारीहरूसँग संवाद र सहमतिको वातावरण सिर्जना गर्न सकेका छैनन् ।

लामो समयदेखि काम गरेका शिक्षक तथा कर्मचारीहरुको बढुवा नभएको भन्दै ५८ जना शिक्षक तथा कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् । शिक्षक कर्मचारीहरुले बढुवा नभएसम्मको लागि कार्यालयमा लागेको ताला नखोल्ने चेतावनी दिएका छन् ।

जबसम्म हातमा बढुवाको नियुक्ति पत्र आउँदैन, तबसम्म ताला नखुल्ने कर्मचारीको अडानका कारण शैक्षिक तथा प्रशासनिक काम ठप्प भएको छ । लामो समयदेखि बढुवा प्रक्रिया अघि नबढाइनु, कर्मचारीको पक्षमा अदालतले गरेको फैसला कार्यान्वयन गर्न नमान्नु, कार्यकारी परिषद्ले सभा बैठकमा लिएको स्तरोन्नतिको प्रस्तावमा सैद्धान्तिक सहमति दिँदा समेत पहल अघि नबढ्नु जस्ता कार्यहरुले ताला लगाउन बाध्य भएको शिक्षक कर्मचारीहरुको भनाइ छ ।

शिक्षक कर्मचारीको बढुवाको लागि लोकसेवा आयोगको परामर्शका आधारमा अघि बढ्ने प्रतिष्ठान पदाधिकारीहरुको भनाइ छ । शिक्षक कर्मचारीसँग वार्ता गर्न डा. डबलबहादुर धामीको संयोजकत्वमा तीन सदस्यीय वार्ता कमिटी गठन भएको छ ।

वार्ता टोलीले शिक्षक कर्मचारीहरुलाई वार्तामा बोलाउँदा समेत आउन नमानेको संयोजक डा. धामीले बताए ।संयोजक धामीले भने, ‘आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारीलाई वार्तामा बोलाएका छौं । तर उनीहरु बस्न मानिरहेका छैनन् । जसले गर्दा कहिलेसम्म प्रतिष्ठान खुल्ने भन्ने द्विविदा सिर्जना भएको छ ।’

शिक्षाध्यक्ष समेत रहेका धामीले नेपालभरिबाट चिकित्सा शिक्षा पढ्न आएका विद्यार्थीहरु मर्कामा परेको बताए । पठनपाठन दुई हप्ता रोकियो,’ शिक्षाध्यक्ष धामीले थपे, ‘ शिक्षक कर्मचारीले पदाधिकारीको कक्षमा मात्र ताला लगाएको भए पढाइ प्रभावित हुन्थेन । आन्दोलनको स्वरुप बदल्न आग्रह गरिरहेका छौं । उनीहरु नियुक्तिपत्र हातमा नथमाइदासम्म आन्दोलन रोकिदैन भनिरहेका छन् ।’

शिक्षक कर्मचारीको आन्दोलनले स्वास्थ्य शिक्षाको हब बनिरहेको कर्णालीबाट नकरात्मक सन्देश फैलिइरहेको उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त
२०८३ श्रावण २३, शनिबार
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
२०८३ श्रावण २३, शनिबार
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
२०८३ श्रावण २३, शनिबार
माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य
२०८३ श्रावण २३, शनिबार
राष्ट्र बैङ्कद्वारा आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ श्रावण २३, शनिबार
सरकारी सेवा प्रवाहमा प्रगति
२०८३ श्रावण २३, शनिबार
लायन्स डिस्ट्रिक्ट ३२५ के नेपालको प्रथम क्याबिनेट बैठक आजदेखि काठमाडौंमा
२०८३ श्रावण २३, शनिबार