माघ ४, २०८१ शुक्रबार January 17, 2025

कंगोमा अज्ञात रोगबाट कम्तीमा ७९ जनाको मृत्यु

हालसम्म तीन सयभन्दा बढी संक्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कंगोमा फ्लूको जस्तो लक्षणहरू देखिने अज्ञात रोगबाट कम्तीमा ७९ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा अधिकांश १५ देखि १८ वर्ष उमेर समूहका रहेको समाचार छ ।

बिरामीहरुमा ज्वरो आउने, टाउको दुख्ने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, रक्तअल्पता हुने जस्ता लक्षण देखिएका छन् । हालसम्म यसबाट तीन सयभन्दा बढी संक्रमित भएको बताईएको छ ।

प्रभावित क्षेत्रमा स्वास्थ्य टोली पठाईसकिएको समाचार छ । संक्रमितको संख्या बढ्दै गएकोले अवस्था चिन्ताजनक रहेको बीबीसीले उल्लेख गरेको छ ।

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले पनि प्रयोगशाला अनुसन्धानका लागि नमूनाहरू संकलन गर्न दुर्गम क्षेत्रमा एउटा टोली पठाएको बताएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया