श्रावण २३, २०८३ शनिबार August 8, 2026

कंगोमा अज्ञात रोगबाट कम्तीमा ७९ जनाको मृत्यु

हालसम्म तीन सयभन्दा बढी संक्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कंगोमा फ्लूको जस्तो लक्षणहरू देखिने अज्ञात रोगबाट कम्तीमा ७९ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा अधिकांश १५ देखि १८ वर्ष उमेर समूहका रहेको समाचार छ ।

बिरामीहरुमा ज्वरो आउने, टाउको दुख्ने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, रक्तअल्पता हुने जस्ता लक्षण देखिएका छन् । हालसम्म यसबाट तीन सयभन्दा बढी संक्रमित भएको बताईएको छ ।

प्रभावित क्षेत्रमा स्वास्थ्य टोली पठाईसकिएको समाचार छ । संक्रमितको संख्या बढ्दै गएकोले अवस्था चिन्ताजनक रहेको बीबीसीले उल्लेख गरेको छ ।

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले पनि प्रयोगशाला अनुसन्धानका लागि नमूनाहरू संकलन गर्न दुर्गम क्षेत्रमा एउटा टोली पठाएको बताएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त
२०८३ श्रावण २३, शनिबार
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
२०८३ श्रावण २३, शनिबार
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
२०८३ श्रावण २३, शनिबार
माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य
२०८३ श्रावण २३, शनिबार
राष्ट्र बैङ्कद्वारा आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ श्रावण २३, शनिबार
सरकारी सेवा प्रवाहमा प्रगति
२०८३ श्रावण २३, शनिबार
लायन्स डिस्ट्रिक्ट ३२५ के नेपालको प्रथम क्याबिनेट बैठक आजदेखि काठमाडौंमा
२०८३ श्रावण २३, शनिबार