असार २४, २०८२ मंगलबार July 8, 2025

विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ : शिक्षामन्त्री

विद्यालय शिक्षा ऐन बनाउँदा प्रविधि, बालविकास र बालबालिकाको भविष्यलाई हेरेर बनाउनुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, १९ मङ्सिर : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालयलाई व्यवस्थित गर्न विद्यालय शिक्षा ऐन ल्याउन जरूरी भएको बताउनुभएको छ ।
प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री भट्टराईले विद्यालय शिक्षा ऐन बनाउँदा प्रविधि, बालविकास र बालबालिकाको भविष्यलाई हेरेर बनाउनुपर्ने बताउनुभयो ।
“विद्यालय, शिक्षक र विद्यार्थीको अनुपात कसरी मिलाउने भन्ने विषयमा २०७६ सालमा पनि अध्ययन भए पनि अहिले प्रविधि र अवस्था धेरै बदलीसकेको छ”, उहाँले भन्नुभयो, “विद्यालय शिक्षाको अधिकार संविधानले स्थानीय तहलाई दिएको छ, स्थानीय तहले राम्रोसँग अध्ययन गर्न जरूरी छ ।”
मन्त्री भट्टराईले मन्त्रालयले पूर्वसचिव दीपेन्द्र विक्रम थापाको संयोजकत्वमा शिक्षकको दरबन्दी पुनरावलोकन अध्ययन कार्यदल गठन गरेको र उक्त कार्यदललाई दुई महिनाको समयावधि दिइएकोसमेत जानकारी दिनुभयो ।
उहाँले कार्यदलले विद्यार्थी र शिक्षकको अनुपात कसरी मिलाउने भनेर अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाएपछि त्यस आधारमा सरकारले आवश्यक काम गर्ने बताउनुभयो । समितिमा सांसदहरूले विद्यालय शिक्षालाई गुुणस्तरीय बनाउनुपर्ने र त्यसका लागि विद्यालय शिक्षा ऐन जरूरी भएको सुझाव राख्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार