श्रावण २३, २०८३ शनिबार August 8, 2026

गण्डकीका चार अस्पतालको स्तरवृद्धि गरिँदै

प्रदेशभित्र रहेका आयुर्वेद अस्पतालमा पहिलोपटक अन्तरङ्ग सेवा सुरु गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी, २० मङ्सिरः स्थानीय तहअन्तर्गत रहेको गोरखाको आँपपिपल अस्पताल र बागलुङको बुर्तिबाङ अस्पताल गण्डकी प्रदेश सरकार मातहत आएको छ । दुवै अस्पताललाई ५० शय्यामा स्तरवृद्धि गरी नयाँ व्यवस्थापनका साथ सञ्चालन गर्न लागिएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै अस्पतालको नाम संशोधन गरेको मन्त्रालयका सचिव डा विनोदबिन्दु शर्माले जानकारी दिनुभयो । यसअघि ढोरपाटन नगरपालिकामा रहेको बुर्तिबाङ अस्पताल प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा सञ्चालित थियो । आँपपिपल अस्पताल गोरखाको पालुङटार नगरपालिकाअन्तर्गत रहँदै आएको थियो ।

त्यस्तै कास्कीस्थित गण्डकी आयुर्वेद अस्पताल र बागलुङको धवलागिरि आयुर्वेद अस्पताललाई पनि अन्तरङ्ग सेवासहित २५ शय्याको सुविधायुक्त आयुर्वेद अस्पतालका रूपमा स्तरवृद्धि गर्न लागिएको मन्त्रालय सचिव डा शर्माले जानकारी दिनुभयो । “चारवटै अस्पतालका कर्मचारीको सङ्गठन तथा व्यवस्थापन (ओएनएम)को काम यसै साताभित्र टुङ्गिन्छ”, उहाँले भन्नुभयो, “गुणस्तरीय व्यवस्थापन र स्तरीय सेवासहित यी अस्पताल सञ्चालन हुनेछन्, आगामी पुसभित्र उद्घाटनको तयारी भइरहेको छ ।”

1140x725

स्थानीय तहले बुर्तिबाङ र आँपपिपल अस्पताललाई प्रदेश सरकारले जिम्मा लिइदिन आग्रह गरेपछि प्रदेश सरकारले आफू मातहत सञ्चालनको प्रक्रिया सुरु गरेको हो । प्रदेश मन्त्रिपरिषद्को प्रस्तावलाई सङ्घीय मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि ती दुई अस्पताल प्रदेश सरकारअन्तर्गत आएका हुन् ।

प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले गत कात्तिक १२ गते बसेको मन्त्रिपरिषद् बैठकले चालु आव भित्र गण्डकी र धवलागिरि आयुर्वेद अस्पतालमा अन्तरङ्ग सेवा विस्तार गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

“रु एक करोड २५ लाखको बजेट सुनिश्चित भइसकेको छ, सेवा विस्तारको काम तत्काल सुरु हुन्छ”, उहाँले भन्नुभयो, “आगामी आवको बजेटमा पनि आयुर्वेद अस्पतालका लागि प्राथमिकताका साथ बजेट विनियोजन गर्छौँ ।” मन्त्री पाठकका अनुसार गण्डकी प्रदेशभित्र रहेका आयुर्वेद अस्पतालमा पहिलोपटक अन्तरङ्ग सेवा सुरु गर्न लागिएको हो ।

प्रदेश सरकारले होमियोपेथिक, आयुर्वेद र प्राकृतिक चिकित्सा गरी तीनै क्षेत्रलाई महत्वका साथ अगाडि बढाइरहेको स्वास्थ्यमन्त्री पाठकले बताउनुभयो । कास्की र बागलुङको आयुर्वेद अस्पतालमा भवनलगायत भौतिक पूर्वाधार थप गर्न स्रोत व्यवस्थापनको काम भइरहेको उहाँले उललेख गर्नुभयो ।

“आयुर्वेद अस्पताल स्रोतसाधनको अभावमा गुज्रिरहेका थिए, सरोकार भएका निकायको पनि यसअघि खासै ध्यान पुग्न सकिरहेको

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त
२०८३ श्रावण २३, शनिबार
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
२०८३ श्रावण २३, शनिबार
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
२०८३ श्रावण २३, शनिबार
माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य
२०८३ श्रावण २३, शनिबार
राष्ट्र बैङ्कद्वारा आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ श्रावण २३, शनिबार
सरकारी सेवा प्रवाहमा प्रगति
२०८३ श्रावण २३, शनिबार
लायन्स डिस्ट्रिक्ट ३२५ के नेपालको प्रथम क्याबिनेट बैठक आजदेखि काठमाडौंमा
२०८३ श्रावण २३, शनिबार