कार्तिक ११, २०८३ बुधबार October 28, 2026

गायक प्रताप दासको मस्त जवानीमा उषा र बिजुको रोमान्स (भिडियो हेर्नुहोस्)

दर्जनौं गीतका शब्द कोरिसकेका गीतकार भोला नाथ यही भिडियोबाट निर्माताका रुपमा देखिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । गायक प्रताप दास र गायिका रोजिना बस्नेतको मस्त जवानी बोलको गीतको म्युजिक भिडियो रिलिज गरिएको छ। समाजसेवी भोला नाथ पाठकको शब्द सिर्जना रहेको गीतमा मनोहर सुनामको एरेन्ज तथा संगीत छ।

दर्जनौं गीतका शब्द कोरिसकेका गीतकार भोला नाथ यही भिडियोबाट निर्माताका रुपमा देखिएका छन्।

एक प्रेमील जोडीको प्रेम र रोमान्सलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन्। भिडियोमा निर्देशक रुपाखेतीले वैँशालु उमेरमा एक प्रेमील जोडीले रोमान्स गर्दै बिताउने रमाइला पललाई रोमान्टिक शैलीमा कैद गरेका छन्। जहाँ सुन्दरी उषा उप्रेती स्विमिङं पुलमा खुलेका दृश्यमा दर्शक टक्क अडिनेमा शंका छैन। भिडियोमा मोडल बिजु पार्की पनि उषाका प्रेमी बन्दा गज्जबले खुलेका छन्।

छमछम नचाउने शैलीमा तयार गरिएको मस्त जवानी हरेक युवाले युवा अवस्थामा गर्ने रमाइलो शैलीलाई भिडियोमा देखाइएको छ। भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् भने सम्पादन मिन रावलले गरेका हुन्। राहुल बराईलीको कोरियोग्राफी रहेको भिडियो ओएसआर डिजिटलबाट बजारमा आएको हो।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
२०८३ कार्तिक ११, बुधबार
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
२०८३ कार्तिक ११, बुधबार
भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी
२०८३ कार्तिक ११, बुधबार
Birgunj customs revenue surpasses monthly target
२०८३ कार्तिक ११, बुधबार
शिक्षक सेवा आयोगद्वारा छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै
२०८३ कार्तिक ११, बुधबार
दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट
२०८३ कार्तिक ११, बुधबार
जातीय विभेदका उजुरीलाई प्राथमिकता दिन मन्त्री बादीको प्रहरी महानिरीक्षक कार्कीसँग छलफल
२०८३ कार्तिक ११, बुधबार