माघ ४, २०८१ शुक्रबार January 17, 2025

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

उपचारमा आवश्यक सबै प्रबन्ध गर्न अस्पतालका सम्बन्धित अधिकारी र चिकित्सकलाई आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडलको स्वास्थ्य अवस्थाबारे त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले आज जानकारी लिनुुभएको छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा आवश्यक सबै प्रबन्ध गर्न अस्पतालका सम्बन्धित अधिकारी र चिकित्सकलाई आग्रह गर्नुभयो ।

प्रोस्टेटसम्बन्धी समस्याका कारण केहीदेखि अस्पतालमा उपचाररत राष्ट्रपति पौडेलको उपचारमा सम्लग्न चिकित्सकहरुसँग प्रधानमन्त्री ओलीले उपचारको सम्पूर्ण विवरणबारे जानकारी लिनुभएको थियो ।

यही मङ्सिर १९ गते सो अस्पतालमा भर्ना हुनुभएका राष्ट्रपति पौडेलको आधुनिक प्रविधिबाट शल्यक्रिया गरिएको थियो भने हाल उहाँको अवस्था सुधारोन्मुख र सामान्य रहेको अस्पतालले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया